Monday, June 14, 2021

जथाभावी लाग्ने तरकारी बजारले कोरोना जोखिम बढाउने खतरा

 



 

मनोज यादव---

सर्लाही ,जेठ ३१

    स्थानीय प्रशासनद्वारा कोरोना भाइरस नियन्त्रणको लागि सर्लाहीको सदरमुकाम मलंगवा सहित जिल्लाभरी लगाएको निषेधाज्ञा विगत १ महिनाभन्दा बढी  दिनदेखि  जारी छ। 

    जिल्लामा कोरोना संक्रमण र यसबाट ज्यान गुमाउनेको संख्या वृद्धि भएपछि खाद्यान्न लगायतको व्यवसाय पनि पूर्ण रुपमा बन्द गर्ने बताएको स्थानीय  प्रशासनले आफ्नो निर्णय राम्रोसँग लागु गर्न नसक्दा सदरमुकाम मलंगवा लगायत जिल्लाका अन्य बजार क्षेत्रमा  कोरोना थप फैलिन सक्ने जोखिम देखिएको छ।  कोरोना नियन्त्रणको लागि भन्दै जिल्ला  प्रशासनले बजार पुर्ण रुपमा बन्द गर्ने भने पनि बिहानदेखि  बेलुकासम्म दैनिकजसो  चौक  र गल्लीहरुमा अव्यवस्थित ढंगले तरकारीजन्य सामान खरिदबिक्री हुदा कोरोना थप फैलिन सक्ने जोखिम बढेको हो। 

    दिनभरि बजार  बन्द भए पनि बिहान र साँझको समयमा भने तरकारी लगायतको खाद्यान्नको सामग्री बेच्ने र किन्नेको भीड नै लाग्ने गर्दछ। सामाजिक दूरी कायम नगरी अव्यवस्थित ढंगले तरकारीजन्य सामान खरिद–बिक्री हुँदा कोरोनाको जोखिम अझ बढेको सरोकारवालाहरु बताउँछन्। पहिलादेखि लाग्दै आएको ठाउँमा बजार लगाउन नदिएपछि तरकारी ब्यापारीहरु नगरको भित्री गल्ली तथा चौकमा सामान राखेर बिक्री गरिरहेका छन् ।गल्लीहरु साँघुरो भएका कारण तरकारी बिक्री हुने ठाउँमा भिड हुने गरेको छ ।जबकी बजार लाग्दै आएको साविकको स्थानमा पर्याप्त ठाउँ छ ।सोही स्थानमा दुरी कायम गरेर बजार लगाउँदा भिडभाड नहुने स्थानीय बुद्धिजीवीहरुको सुझाव छ ।

    यस्तो अवस्थामा कोरोना नियन्त्रणको लागि पुर्ण रुपमा निषेधाज्ञा लगाउन सर्लाहीको प्रशासन चुकेको छ भने यहाँको नागरिकमा पनि सचेतनाको कमी देखिन्छ। 

 बिहान खाद्यान्नका पसल खोल्दा बजारमा  मेला नै लागेजसरी भीड हुने गरेको छ । 



No comments:

Post a Comment