Sunday, June 13, 2021

बरहथवा र गैर बजारमा अनुगमन, सात पसललाई जरिवाना




मनोज यादव ---

सर्लाही ,जेठ ३०

    जिल्ला प्रशासन कार्यालय सर्लाहीको संयोजकत्वमा  जिल्लाको बरहथवा नगरपालिका र कविलासी नगरपालिका  वडा न-७ गैर बजारमा संयुक्त बजार अनुगमन तथा निरिक्षण गरी ७ वटा पसललाई  जरिवाना गराएको छ।

    पसलमा सरसफाइको अत्याधिक कमी भएको,बिल बिजक नराखेको र अनुगमन टोलीलाई अनुगमन तथा निरिक्षणको क्रममा सहयोग नगरेका बरहथवा बजारका २ वटा जेनरल स्टोर तथा गैर बजारका ३ वटा किराना पसलहरुलाई जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय मलंगवाले जनाएको छ।

    टोलीले सनिवार बरहथवा न.पा-५  मा संचालित मनिष जेनरल स्टोरलाई २५ हजार रुपैयाँ र बरहथवा न.पा-७ मा संचालित पायल प्रिन्स जेनरल स्टोरलाई ५ हजार रुपैयाँ जरिवाना तिराई पसल संचालकलाई गल्ती सुधार गर्न सुझाव दिएका थिए ।यसैगरी आइतवार गैर बजारमा पनि जेनरल किराना पसललाई ५ हजार,प्रेम किराना पसललाई १ हजार र  राजिव किराना एण्ड जेनरल स्टोरलाई ९ हजार रुपैयाँ जरिवाना तिराई पसल संचालकहरुलाई गल्ती सुधार गर्न निर्देशन दिँदै पहिलोपटकको लागि सुझाव दिएर छाडेको कार्यालयले बताएको छ ।

   उपभोक्ता हकहित विरुद्ध कुनैपनि व्यवसायीले व्यापार व्यवसाय गरेमा वा प्रचलित कानुन विपरीत गरेको पाइएमा त्यस्ता व्यवसायीहरुलाई कडा कारवाही हुने प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताउनुभयो ।

No comments:

Post a Comment