Friday, June 4, 2021

साहित्यकार तथा समाजसेवी हृदयनारायण चौधरीको कृति "साहित्य समाजका दर्पण है" चाँडै विमोचन गरिने

 

साहित्यकार हृदयनारायण चौधरी 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,जेठ २१

     सर्लाही जिल्लाका चिरपरिचित   साहित्यकार तथा समाजसेवी हृदयनारायण चौधरी द्वारा लिखित  नविनतम कृति "साहित्य समाजका दर्पण है "नामक पुस्तकको बारेमा  शुक्रवार एक कार्यक्रमका बिच मलंगवा स्थित रिपोर्टस कल्ब नेपाल शाखा सर्लाहीको साक्षात्कार कक्षमा जानकारी गराइएको छ। चाँडैनै विमोचन गर्न लागिएको उक्त पुस्तकको बारेमा लेखक स्वयंले पत्रकारहरुलाई जानकारी गराएका हुन् ।

    सर्लाहीको पडरिया वडा न-१ घर भई हाल सदरमुकाम मलंगवा नगरपालिका वडा न-१० मा बस्दै आएका चौधरीले  हिन्दी भाषामा लेख्नु भएको उक्त  पुस्तकको माध्यमबाट सत्यको बोध गराउनुका साथै  झुठ , जालसाजी , पाखण्ड,भ्रष्टाचार र अत्याचारको पर्दाफास गरिएको छ ।यसका साथै पुस्तकमा राम, कृष्ण,यिशु,वुद्ध, महाविर , जुन्नैद ,लाओत्से, नानक,कबिर , मोहम्मद ,अल्वर्ट आइन्सटाइन, ओशो लगायतका महापुरुषहरुको शिक्षाप्रद  मार्गदर्शन ,अब्राहम लिंकन,लेलिन, माओत्सेतुङ ,महात्मा गान्धी ,लालबहादुर शास्त्री,नेलशन मन्डेला,विपि कोइराला ,मनमोहन अधिकारी जस्ता असल राजनेताहरुको चर्चा गर्नु भएको छ।

    पुस्तकमा भ्रष्टाचार र त्यसको निदानको सम्बन्धमा समेत विस्तृत रुपमा वर्णन गरिएको साहित्यकार चौधरीले पत्रकारहरुलाई जानकारी गराउनुभयो ।

    विस २०३० सालदेखी राजनिती जिवनको सुरुवात गर्नु भएको चौधरी हाल समाज सुधार कल्याण केन्द्र सर्लाहीको संयोजकको रुपमा रहेर समाजसेवामा आफ्नो अमूल्य जीवन लगाउनु भएको छ ।हालसम्म उहाँले ३ वटा हिन्दी भाषामा नाटक ,एउटा उपन्यास र केही अन्य पुस्तक तथा लेख रचनाहरु लेखेर प्रकाशित गरिसक्नु भएको छ।उहाँको बगावत र गृहणी नामक दुईवटा उपन्यास पनि प्रकाशनको नजिक रहेको जानकारी गराइएको छ ।

   उहाँ   सरकारी ,गैरसरकारी निकाय तथा अन्तराष्ट्रिय स्तरको विभिन्न पुरस्कारबाट समेत  सम्मानित भइसक्नु भएको छ। 

No comments:

Post a Comment