Friday, June 18, 2021

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा हरिपुर्वामा जुनतारा एफ.एम गौशालामा कार्यरत एकजना रेडियोकर्मीको मृत्यु

 






लोकतन्त्र समाचारदाता---

सर्लाही ,असाढ ४

    सर्लाहीको हरिपुर्वा नगरपालिका वडा न- ८, बसतपुर स्थित मुखिया चौकमा आज(शुक्रवार)साँझ ४ बजे टिपरले मोटरसाइकललाई ठक्कर दिँदा  मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको  छ ।

     बसतपुरबाट हरिपूर्वा तर्फ तिब्र गतिमा गइरहेको  टिपर र विपरीत दिशाबाट आउँदै गरेको ज ७ प ९०४२ नम्बरको  मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका वडा न-१३, गौरीशंकर निवासी वर्ष ३० को अर्जुन कुशवाहाको घटनास्थलमै मृत्यु भएको  हो ।उनी जुनतारा एफ एम महाेत्तरी गाैशालामा कार्यरत मार्केटिंग मैनेजर, आर. जे. तथा मैथिली कार्यक्रमका संचालक रहेको बुझिएको छ ।

     टिपरले ठक्कर दिएपछि मोटरसाइकल सहित लडेको कुशवाहाको टाउँकोबाट नै टिपरको चक्का चलेकोले तत्कालै घटना स्थल मै मृत्यु भएको प्रत्यक्षदर्शी स्थानीयहरुले बताएका छन्।

    दुर्घटनामा पश्चात् आक्रोशित स्थानीयबासीहरुले टिपरमा आगजनी गरेका छन् । टिपर चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ ।




No comments:

Post a Comment