Monday, June 14, 2021

सर्लाहीमा कोरोनालाई जितेर निको हुने बढ्दै

 




लोकतन्त्र समाचारदाता---

सर्लाही, जेठ ३१

     सर्लाहीमा कोरोना भाइरसको संक्रमण दर विस्तारै घट्दै गएको छ । संक्रमित भएका व्यक्तिहरु निको हुँदै गएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

    जिल्ला प्रशासनको तथ्यांक  अनुसार सर्लाही  जिल्लामा दोस्रो भेरियन्टको संक्रणबाट जेठ २९ गते सनिवारसम्म २ हजार ८२ जना संक्रमित  भएका छन् । तीमध्ये ९ सय ६९ जना संक्रमणमुक्त भई निको भएका छन् । जिल्ला प्रशासन कार्यालयबाट प्रकाशित कोभिड -१९ सम्बन्धि दैनिक बुलेटिन अनुसार  सनिवारसम्म ७८ जना संक्रमितहरुको मृत्यु भइसकेको छ ।जिल्लामा अहिले १ हजार ३३ जना कोरोनाको सकृय संक्रमित रहेका छन्।

  पछिल्ला दिनमा मृत्युदर घट्दै गएको कार्यालयले जनाएको छ । जिल्लामा भन्दा बाहिर मृत्यु हुनेको संख्या  धेरै रहेको सहायक प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले बताए । यहाँका अधिकांश सक्रमितहरु आ-आफ्नो घरमा होम आइसोलेसनमा बसिरहेको  स.प्र.जि.अ पोखरेलले बताए । 

     हाल जिल्लामा सदरमुकाम मलंगवा वडा न-२ कृष्णा चौक स्थित  नर्सिङ कलेजमा १६० शैयासहित  लालबन्दी, हरिवन, ईश्वरपुर, बरहथवा लगायतका नगरपालिकामा गरि जम्मा ३६० शैयाको आइसोलेसन संचालनमा रहेको कार्यालयले जनाएको छ ।

    नयाँ भेरियन्टसहित दोस्रो चरणमा कोरोना संक्रमण फैलिए यता सर्लाहीमा ३ हजार २ सय ९३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९६७  र ४ सय ३८ जनाको  एन्टिजेन परीक्षण गर्दा ११५ जनामा कोरोना संक्ण पुष्टी भएको छ । 

    सर्लाहीमा ५९ हजार ५०३ जनाले कोभिड सिल्ड खोपको पहिलो मात्रा लगाएका छन् भने ६ हजार ४३ जनाले कोभिड सिल्ड खोपको दोस्रो लगाएका छन् यस्तै २०७७ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाइसकेको

जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

      पीसीआर परिक्षण मलंगवा स्थित  जिल्ला अस्पतालमा हुँदै आएको छ भने विभिन्न पालिकाले स्थानीयस्तरमै एन्टिजेन परीक्षण गर्दै आइरहेका छन् ।

No comments:

Post a Comment