Tuesday, June 15, 2021

नेकपा माओवादी केन्द्र सर्लाही द्वारा कोभिड नियन्त्रण र रोकथामका लागि स्वास्थ्य सामाग्री प्रदान




लोकतन्त्र समाचारदाता---

सर्लाही ,असाढ १

     नेकपा माओवादी केन्द्र सर्लाहीले कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मलंगवा अस्पतालसहित लालवन्दी, इश्वरपुर, हरिपुर, चक्रघट्टा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेको छ ।

    मंगलबार  नेकपा माओवादी केन्द्र जिल्ला कार्यालय सर्लाहीका सदस्य, प्रदेश कमिटी सदस्य, महिला नेतृहरु लगायतका सदस्यहरुको टोलीले स्वास्थ्य संस्थाका प्रमुखलाई  प्रति स्वास्थ्य संस्था १ थान  अक्सिजन सिलिन्डर,२ थान पल्स अक्सिमिटर,२ पैकेट D/S माक्स,८० पिस KN 95 माक्स र १ पैकेट D/S ग्लोब्स हस्तान्तरण गरेका छन् । 

   स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा पार्टीका जिल्ला नेता  प्रल्हाद वुढाथोकी , पुर्व मन्त्री रामेश्वर राय,अच्युतम काफ्ले, जिल्ला सचिव कमल बुढाथोकी,जितेन्द्र कुशवाहा लगायत महिला नेतृहरु सावित्रा बुढाथोकी,  सरस्वती वाग्ले, पदमा मोक्तान, लिला मोक्तान ,YCL जिल्ला संयोजक संजय पाचे र स्वास्थ्यकर्मी  गौरी महतोको सहभागीता रहेको थियो  ।




No comments:

Post a Comment