Saturday, June 12, 2021

मुस्लिम उत्थान समाजले दियो बाल गृहलाई खाद्य तथा शैक्षिक सामाग्री




लोकतन्त्र समाचारदाता---

सर्लाही ,जेठ २९

      विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा  मुस्लिम उत्थान समाज सर्लाहीले मलंगवा न.पा-८  स्थित जिल्ला  बाल संगठन सर्लाहीद्वारा  संचालित बाल गृहलाई खाद्यान्न सामाग्री तथा शैक्षिक  सामाग्री सहयोग गरेको छ ।

      संस्थाका अध्यक्ष मोहम्मद कासिम शाफी  सहितको टोलिले आज (सनिवार) बिहान बाल गृहलाई उक्त साम्रागी हस्तान्तरण गरेको हो ।आफ्ना अविभावक गुमाइसकेका अनाथ बालबालिकाहरुलाई चामल ,दाल,पिठो,आलु प्याज,फलफुल,साबुन,बिस्कुट , खाने तेल,काँपी,कलम,मोजा, सर्जिकल माक्स लगायतका सामाग्रीहरु प्रदान गरेर संस्थाले अहिलेको जमानामा पनि मानवता जिवित रहेको छ भन्ने राम्रो उदाहरण प्रस्तुत गरेको जिल्ला बाल संगठनका सभापति शमिम बाबु खानले बताए। उनले  दैनिक खाद्यसामाग्री अभाव भइरहेको बेला संस्थाले गरेको सहयोगले केही राहत मिलेको बताए ।

      सर्लाहीको कबिलासी नगरपालिका सलेमपुरमा मुख्य कार्यालय रहेको मुस्लिम उत्थान समाजले यस अघि पनि बिभिन्न किसिमका सामाजिक कार्यहरु गरिसकेको र आगामी दिनमा पनि सामाजिक काममा तन मन धनले लाग्ने अध्यक्ष शाफीले प्रतिवद्धता व्यक्त गरे ।

    कार्यक्रममा राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डा.अब्दुल रहिम मिकरानी,गोडैता नगरपालिका अन्तर्गत क्षयकुष्ठ शाखा अधिकृत सहाबुद्दिन मिकरानी,स्थानीय समाजसेवी सराजुल मिकरानी,आयोजक संस्थाका सचिव रहवर मिकरानी लगायतको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment