Tuesday, June 8, 2021

करेन्ट लागेर युवकको मृत्यु

 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,जेठ २५

      सर्लाहीको  बागमती नगरपालिकामा   करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

   वडा–३ धरहरा निवासी कृष्ण उप्रेतीको बंगुरपालन राख्नको लागि खोर बनाउने क्रममा  बागमती नगरपालिका वडा न–२ घर भएका ३३ वर्षीय हरिकृष्ण मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ। 

   बंगुरको खोरको छाना छाउने क्रममा जस्ता पत्ता उचाल्दा गाउँमा विद्युत वितरणका लागि ल्याईएको ११ हजार भोल्टको तारमा छोएर  गम्भिर घाईते भएका मण्डलको  हरिवनको सुखेलोखरी स्थित सर्लाही जिवन अस्पताल ल्याउँदै गर्दा उनको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।


No comments:

Post a Comment