Thursday, October 13, 2022

भिजन हुने सँग पैसा हुँदैन,पैसा हुने सँग भिजन हुँदैन पैसा हुने र बाँड्नेको पछाडी नलाग्न क्षेत्र न-२ (ख)प्रदेश सभा सदस्य उमेदवार कौशल किशोर रायको जनतालाई सुझाव




लोकतन्त्र समाचारदाता---

सर्लाही,असोज २७

  केही ब्यक्तिहरुले आफ्नो निहित स्वार्थका लागि  राजनीतिलाई जनताको सेवाको रुपमा नहेरी व्यापारीकरण बनाइसकेको अवस्थामा यसलाई तोड्नको लागि आफुले चुनाव लडेको प्रदेश सभा सदस्य उमेदवार कौशल किशोर रायले बताउनुभएको छ। 

    लोकतन्त्र खबरसँगको अन्तर्वातामा उहाँले जनताको हितको लागि राजनीति गरिदिन नेताहरुसँग आग्रह गर्नुभएको छ।  प्रदेश सभा सदस्य पदको लागि  नेपाली काँग्रेसबाट  सर्लाहीको निर्वाचन क्षेत्र न-२ (ख)मा चुनाव लड्नु भएको नेता रायले आफु लामो समयदेखि शिक्षक पेशामा आबद्ध रहि भर्खरै रिटायर्ड भएकोले शिक्षा प्रतिआफ्नो गहिरो लगाव रहेकोले सबैभन्दा पहिला आफ्नो क्षेत्रमा शिक्षाको सुधार गर्ने बताउनुभयो। किनभने शिक्षा भएनभने विकासको परिकल्पना गर्न सकिन्दैन।

   आफु पार्टीको क्षेत्रिय सभापति समेत रहेकोले भर्खरै सम्पन्न भएको स्थानीय निर्वाचनमा क्षेत्र न-२ अन्तर्गतका सातैवटा पालिकामा नेपाली काँग्रेसकै उमेदवारहरुले जितेकाले यस क्षेत्रमा आफुले नै जित हासिल गर्नेमा कुनै दुईमत नरहेको रायले ठोकुवा गर्नुभयो।यस क्षेत्रका जनताहरुले जसरी स्थानिय निर्वाचनमा काँग्रेस पार्टीको उमेदवार हरु प्रति भरोषा र विश्वास गरेर जिताउनुभयो त्यसरीनै उहाँहरुको आशिर्वादले मेरो पनि बिजय हुने छ,रायले भन्नुभयो।

    म जनचाहना अनुसार काम गर्ने सोंच,योजना र भिजन लिएर चुनावी मैदानमा आएको हुँ। उहाँले विकास निर्माणका कामहरु मात्र गरेर हुँदैन शिक्षा,स्वास्थ्य ,कृषि,रोजगारको क्षेत्रमा पनि काम गर्नुपर्छ ।तसर्थ मैले लिएको भिजन अनुसार विकास निर्माणका कामहरु सँगसँगै शिक्षा,स्वास्थ्य ,कृषि र बेरोजगारी समस्याको समाधानको उपाए लगायतका कामहरु पनि गर्ने छु,बताउनुभयो ।

   भिजन हुने सँग पैसा हुँदैन र पैसा हुने सँग भिजन हुँदैन त्यसैले पैसा हुनेको पछाडी नलागी भिजन भएका नेतालाई चुन्न रायले जनताहरुलाई सुझाव दिनुभएको छ।

No comments:

Post a Comment