Monday, October 10, 2022

मलंगवामा स्कारपियोको ठक्करबाट ४ वर्षिय बालकको ज्यान गयो

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,आश्विन २४

      सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-४ स्थित शिवसागर चौकमा आज(सोमबार) दिउँसो स्कारपियो गाडीकाे ठक्करबाट एक ४ वर्षिय बालककाे घटना स्थलमै मृत्यु भएकाे छ। 

  मृत्यु हुनेमा जिल्लाकै ईश्वरपुर नगरपालिका वडा न-१४ बस्ने हिरालाल मण्डलको छोरा ४ वर्षिय निशान्त मण्डलरहेको छ। उक्त बालकलाई आज दिउँसो मलंगवाको अती व्यस्त  शिवसागर चौकमा ना १ झ १७०० नम्बरको स्कारपियो गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ।

     बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ।

    

No comments:

Post a Comment