Monday, October 31, 2022

हाम्रो उमेदवारी जतिवाद र पुँजीबादको नारा लगाएर विखण्डनबादी राजनिती गर्नेहरुको विरुद्धमा रहेको जसपा र एमाले गठबन्धनका साझा उमेदवार राजनारायण साह तथा अशोक यादवको भनाई

 


हाम्रो उमेदवारी जतिवाद र पुँजीबादको नारा लगाएर विखण्डनबादी राजनिती गर्नेहरुको विरुद्धमा रहेको  जसपा र एमाले गठबन्धनका साझा उमेदवार राजनारायण साह तथा अशोक यादवको भनाई 

     जनताको समस्या बुझ्न घरदैलोमा सकृय 


मनोज यादव---

सर्लाही,कात्तिक १४

     विगत २५ वर्ष भन्दा पनि बढी समयदेखि विकाशको अनुभूति गर्न नपाएका  सर्लाही  क्षेत्र न-२ का जनताहरुले अब परिवर्तन चाहेकाले जनतालाई  विकासको अनुभुति गराउन  जतिवाद र पुँजीबादको नारा लगाएर विखण्डनबादी राजनिती गर्नेहरुको विरुद्धमा आफुहरुले उमेदवारी दिएको संसदीय निर्वाचन क्षेत्र न-२ बाट प्रतिनिधि सभा उमेदवार राजनारायण  साह र क्षेत्र न-२ (ख)बाट प्रदेश सभा उमेदवार अशोक यादवले बताएका छन।

     यसअघिका  ब्यक्तिले विकास लगायतका कामहरु गरेर देखाउन नसकेपछि अबको चुनावमा यस क्षेत्रका जनताहरुलाई बिकासको अनुभुति दिलाउन र जनचाहना अनुसारको काम गर्न जसपा र एमाले गठबन्धनको साझा उमेदवारको रुपमा नेकपा एमालेको सुर्य छाप र प्रदेशको लागि जसपाको छाता छापबाट उमेदवार बनेका हौं ,साहले बताएका छन् । 

     नेता साहलाई जिल्लामा झण्डै चार दशकभन्दा बढी समयदेखिविद्यमान जर्जर अवस्थाको बारेमा जानकारी गराउँदै यस्तो अवस्था किन आएको भनि प्रश्न गर्दा उहाँले केही गलत तथा  स्वार्थी नेताहरुका कारण यस्तो अवस्था आएको बताए ।यस्ता गलत प्रवृत्तिका नेताहरुलाई परास्त गर्न हाम्रो पार्टीले स्पष्ट भिजनहरु ल्याएको छ।नेकपा र जसपाको गठबन्धनबाट बनेको सरकारले पहिलो नम्बरमा उपेक्षित समुदायको हकअधिकारको सुनिश्चितता गर्ने,दोस्रो नम्बरमा बाहिरी शक्तिबाट परिचालित भई राजनितीक रुपमा अगाडी बढेर सोझासाझा जनतालाई मुर्ख बनाउँदै आएका केही ठुला  नेताहरुका कारण धारासायी बनेको विकास निर्माण,शिक्षा,स्वस्थ्य ,रोजगारी ,कृषि लगायतका कामहरु जनचाहना अनुसार अगाडी बढाउँदै जाने स्पष्ट पारेका छन् ।

     प्रदेश सभाका उमेदवार यादव र मेरो विचारधारा एकसामान रहेकोले आफुहरु  सँग जनतालाई ठग्ने र ढाँट्ने काम नहुने उनले बताए ।उनले ठगको कुनै पहिचान नभएकोले त्यस्ता ठगको पछाडी नलाग्न जनताहरु सँग आग्रह समेत गरेका छन् ।जतिवाद र पुँजीबादको नारा लगाएर विखण्डनबादी राजनिती गर्नेहरुको पछाडी नलाग्न समेत उनले आग्रह गरेका छन् 

     उहाँहरु अहिले घरदैलो कार्यक्रम मार्फत आफ्नो योजनाहरु सुनाउँदै २५ वर्षको लामो समय अरुलाई दिएर त्यसको परिणाम देखिसकेका जनताहरुसँग राम्रो परिणामको लागि  मात्र ५ वर्षको समय मागेका छन् ।

  

    

No comments:

Post a Comment