Wednesday, October 12, 2022

सडक दुर्घटनामा परि २ जना प्रहरी गम्भीर घाइते , उपचारका लागि काठमाण्डौ लगियो

  



बखतियार अलि---

सर्लाही २६ असोज 

    सर्लाहीको लालबन्दीमा सडक दुर्घटनामा परि दुईजना प्रहरी गम्भीर घाइते भएका छन् ।

     घटना सम्बन्धी अनुसंन्धानमा सिसि टिभीको फुटेज र सबुत प्रमाण लिएर आउने क्रममा सर्लाहीको लालबन्दी नगरपालिका वार्ड नं. १७ रानीगंजको सडकमा मोटरसाईकल दुर्घटनामा परि इलाका प्रहरी कार्यालय केशरगंजका सई लालबहादुर पाल र असई विपिन झा सिकिस्त घाईते भएको थियो । घाईते दुबै सुरक्षाकर्मीलाई उपचारको लागि धनुषा जिल्लाको लालगढ मोडेल असपतालमा लगिएको थियो ।

     घाईतेहरुको अवस्थामा सुधार नभएपछि नेपाल प्रहरीका सर्लाही प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले तुरुन्तै हेलिकप्टरबाट घाईते दुबै प्रहरीलाई थप उपचारको लागि काठमान्डौं पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घाईते दुबै सुरक्षाकर्मीको अवस्था खराब हुन थालेपछि प्रहरी उपरीक्षक प्रवीण पोखरेलले बिशेष पहल गरि थप उपचारको लागि हेलिकप्टरबाट काठमान्डौं पठाएको बताएको छ । चिकित्सकहरुले दुर्घटनामा परि इलाका प्रहरी कार्यालय केशरगंजका सई लालबहादुर पाल र असई विपिन झा लाई तुरुन्तै थप उपचारको लागि काठमान्डौं नपठाए जेसुकै हुन सकने बताएपछि प्रहरी उपरीक्षक प्रवीण पोखरेलले घाईते दुबै सुरक्षकर्मीलाई थप उपचारको लागि काठमान्डौं पठाउनु भएको हो ।

No comments:

Post a Comment