Monday, October 17, 2022

६७ औं प्रहरी दिवसको अवसरमा सर्लाही प्रहरीले "अपराध न्युनिकरण" "को विषयमा अन्तरक्रिया गरे




मनोज यादव---

सर्लाही,असोज ३१

     जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार सदरमुकाम मलंगवामा  "अपराध न्युनिकरण"सम्बन्धि  अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।६७ औं प्रहरी दिवसको अवसर पारेर  प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो।

    कार्यक्रममा जिप्रका सर्लाहीका प्रहरी नायव उपरीक्षक बिजय यादवले शुभकामना मन्तव्य राख्दै नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहले पठाउनु भएको शुभकामना संदेश वाचन गरेर सुनाउनु भएको थियो भने सर्लाही प्रहरी प्रमुख प्रहरी उपरीक्षक  प्रविण पोखरेलले अपराध न्युनिकरणका लागि प्रहरीले खेलेको भूमिकाको बारेमा जानकारी गराउँदै अपराधको प्रवृत्ति परिवर्तन भइरहेको अवस्थामा अपराध न्युनिकरण तथा दोषीलाई सजाय दिलाउनका लागि  सामाजिक विकृत्ति र विसंगति लगायतका चुनौतिहरुको गर्दै आएको सामनाको बारेमा अन्तरक्रिया गर्नु भएको थियो।

    सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्रजिअ गौतमले प्रहरी कार्यालयको लागि निशुल्क जग्गा उपलब्ध गराएका जग्गादाता इन्द्रमुनी मैनाली र मंचनिया देवीसहित अमर प्रहरी परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो।यसैगरी उहाँले  उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई पुरस्कार,प्रहरी कार्यमा सहयोग पुर्याउने ब्यक्तिहरुलाई प्रशंसापत्र प्रदान प्रदान गर्नुका साथै पुर्व प्रहरीहरुलाई खाँदा ओढाएर सम्मान गर्नुभएको थियो।

    मलंगवा नगरपालिका वडा न-२ स्थित जिप्रकाको प्रांगणमा सम्पन्न भएको कार्यक्रममा पुर्व प्रहरी संगठन जि.का.समिति सर्लाहीका अध्यक्ष भुपु प्रसनी बलबहादुर गोले,चारवटै सुरक्षा निकायका प्रमुख ,विभिन्न सामाजिक व्यक्ति,प्रहरी कर्मचारी,पत्रकार लगायतको उपस्थिति रहेको थियो।

No comments:

Post a Comment