Saturday, October 8, 2022

मतदाताहरुलाई यस पालिको चुनावमा स्वतन्त्र भई स्वतन्त्र उमेदवारलाई छान्न सर्लाहीका बुद्धिजीवीहरुको सुझाव

 



लोकतन्त्र समाचारदाता----

सर्लाही,आश्विन २२ 

     सर्लाहीका बुद्धिजीवीहरुले यस पालिको चुनवामा आफ्नो सुझबुझको प्रयोग गर्दै स्वतन्त्र भएर स्वतन्त्र उमेदवारलाई निर्वाचित गर्न सुझाव दिएका छन् ।

    देशमा बहुदलीय व्यवस्था आए पछि देशका भ्रष्ट र गद्दार पार्टीका नेताहरुले जनताको पिर मर्कालाई हेर्नुको साटो आफ्नो स्वार्थ,नातावाद,कृपावाद,जातीवाद र धन आर्जनमा व्यस्त रहेको र देशलाई लुट्ने काम मात्र गरेकोले आफ्नो बुद्धिविवेकको प्रयोग गरेर मंसिर ४ गतेको चुनावमा असल व्यक्तिलाई छान्न उहाँहरुले जनतासँग आग्रह गरेका छन्। 

   उहाँजरुले यस्तो आग्रह  सर्लाहीका समाजसेवी हृदयनारायण चौधरीले सनिवार मलंगवामा आयोजना गरेको भ्रष्टाचारको विरुद्धमा सम्पूर्ण क्रान्ति नागरिक अभियान कार्यक्रम मार्फत गरेका हुन। कुर्सी र पावरलाई मात्र सर्वोपरि ठान्ने यस्ता नेताहरुकै कारण आज विदेशी श्रृण लगभग १८ खरब रुपैया पुगिसकेको छ जसको भार नेपाली जनताहरुकै टाउकोमा थुपरिएको छ। राजनीतिक दलका नेताहरु चुनाव जितेर सत्तामा जानुभन्दा पुर्व जनताको हित र विकासको कुरा गरे पनि चुनाव जितेर सत्तामा गइसकेपछि मतदान गरेर जिताउने जनतालाई नै बिर्सन्छन् ।पाँचवर्ष पछि पुनः चुनावको बेला गाउँ गाउँमा देखापर्छन।उनीहरू देश र जनताको लागि नभई आफ्नो स्वार्थ पुर्तिकोलागि मात्र चुनावमा भागलिने गरेकोले अबको चुनावमा यस्ता तानाशाह तथा गद्दार नेताहरुलाई पाखा लगाउनुपर्छ , कार्यक्रममा उपस्थित बक्ताहरुले बताएका थिए। 

    स्वतन्त्रता मानिसहरुको जन्मसिद्ध अधिकार रहेकोले स्वतन्त्र भएर असल उमेदवारलाई छान्नु पर्छ उहाँहरुले भने।




 

No comments:

Post a Comment