Tuesday, October 11, 2022

बालिका तथा समावेशी शिक्षा संजाल स्वयंसेवक परिषद्को नियमित बैठक मलंगवामा सम्पन्न




लोकतन्त्र समाचारदाता---

सर्लाही,असोज २५

     प्रेरणा,भि.एस.ओ र एच.आइ को संयुक्त साझेदारीमा संचालित किशोरी सशक्तीकरणका लागि  शिक्षा कार्यक्रम परियोजना अन्तर्गत बालिका तथा समावेशी शिक्षा संजाल स्वयंसेवक परिषद्को नियमित बैठक सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ।

    मलंगवा स्थित महेन्द्र होटलमा सम्पन्न भएको उक्त बैठकमा जिल्लाको सदरमुकाम  मलंगवा नगरपालिका तथा कौडेना गाउँपालिकामा गठित परिषद्को प्रत्येक महिना हुँदै आएको GIEN volunter  counvil को अघिल्लो बैठकको पुनरावलोकन गर्दै बैठकमा सहभागी भएकाहरुलाई बालिका तथा समावेशी शिक्षा संजाल र इन्गेज परियोजनाले गरेका क्रियाकलापहरुको बारेमा विस्तृत रुपमा जानकारी गराइएको थियो।सोही बैठकबाट स्थानीय निकाय सँग समन्वय गरि समावेशी शिक्षाको प्रवर्द्धन गर्ने ,विद्यालय र पालिका स्तरमा बालिका तथा समावेशी शिक्षा प्रवर्द्धनका लागि समन्वय गरि कार्य गर्ने। विद्यालयमा भय रहित वातावरण श्रृजना गर्ने ,अपाङ्गता तथा विपन्न किशोरीहरुलाई विकासको मूलधारमा ल्याउने र  समावेशी शिक्षाको नीति निर्माण तथा कार्यान्वयनको लागि वकालत र पैरवी गर्ने साथै परियोजनाको बहिर्गमन लगायतका विषयहरुको सम्बन्धमा आएका प्रस्ताव हरु माथि छलफल गरि निर्णय गरिएको प्रेरणाका कार्यक्रम अधिकृत रामचन्द्र चौधरीले जानकारी दिए।

   मलंगवा न.पा र कौडेना गा.पा मा गठन भएको संजालका सदस्यहरुको सहभागीता रहेको नियमित बैठकबाट नयाँ समितिको समेत गठन गरिएको थियो।

  

No comments:

Post a Comment