Friday, October 7, 2022

निर्वाचन तयारी सम्बन्धि सर्वपक्षीय छलफल सम्पन्न




लोकतन्त्र समाचारदाता---

सर्लाही,आश्विन २१

     प्रतिनिधि तथा प्रदेश सभा सदस्य  चुनाव भयरहित र निष्पक्ष रुपमा सम्पन्न गराउनका लागि जिल्ला निर्वाचन कार्यालयले शुक्रबार सर्वपक्षीय  छलफल गरेको छ ।

     प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षतामा भएको बैठकमा राजनीतिक दल, सुरक्षा निकाय, नागरिक समाज, पत्रकार लगायत उपस्थित थिए । सदरमुकाम मलंगवा स्थित जिल्ला प्रशासन कार्यालयमा सम्पन्न भएको बैठकमा  मनोनयन दर्ता गर्ने समयमा हुने अनावश्यक तडकभडक बन्द गर्नुपर्ने, हुल हुज्जत कम गर्नुपर्ने, मौन समयमा हुने बार्गेनिङ, अनाश्यक भोज भतेरका क्रियाकलाप कम गर्न साथै निर्वाचन आचार संहिताको पालना गर्नुपर्ने लगायतका विषयमा छलफल गरि निर्णय गरिएको थियो।

    छलफलमा सहभागी दलहरुले निर्वाचनलाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाउँदै निर्वाचन कार्यालयको काममा सहयोग गर्ने  बताएका थिए । 

   कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कबि प्रसाद न्यौपानेले सबै राजनीतिक पार्टीहरुलाई आचारसंहिता पालनाका लागि आग्रह गरेका थिए । तोकिएको समयमा उम्मेदवारी दर्ता गर्न जाँदा आवश्यक कागजातहरु साथैमा लिएर उपस्थित हुन पनि आग्रह गरेका थिए ।


No comments:

Post a Comment