Monday, October 17, 2022

सर्लाहीमा बस दुर्घटना हुँदा २३जना यात्रु घाइते





लोकतन्त्र समाचारदाता---

सर्लाही,असोज ३१

    पुर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका वडा न-१२ स्थित बाँकेको जंगलमा आज(सोमबार)बिहान यात्रुबाहक बस अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा २३ जना यात्रु घाइते भएका छन् ।

   काकडभिट्टाबाट काठमाडौंबाट भैरहवा जाँदै गरेको बा ४ ख ३३७७ नम्बरको बस बिहान करिब ३ बजेतिर  बाँकेको जंगलमा एक्कासि अनियन्त्रित भएर सडक छेउमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा परेर बसमा सवार रहेका ३३ जना यात्रु मध्ये २३ जना यात्रु  घाइते भएको जिल्ला प्रहरी   कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी बिजय यादवले जनाएको छ ।

   डिएसपी यादवका अनुसार २ जना गम्भीर घाइते,११ जना मध्यम घाइते र १० जना सामान्य घाइते भएका छन् ।गम्भीर घाइतेहरुलाई थप उपचारको लागि झापा रेफर गरिएको र मध्यम घाइतेहरुको जिल्लामै विभिन्न स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ भने सामान्य घाइतेहरु प्राथमिक उपचार पश्चात् आआफ्नो गन्तव्य तर्फ गइसकेका छन् ।

No comments:

Post a Comment