Monday, October 17, 2022

मलंगवाबाट ९ किलो ८ सय ग्राम लागुऔषध गाँजासहित एक भारतीय पक्राउ





मलंगवाबाट ९ किलो ८ सय ग्राम लागुऔषध गाँजासहित एक भारतीय पक्राउ

लोकतन्त्र समाचारदाता---

सर्लाही,असोज ३१

     सर्लाही प्रहरीले ९ किलो ८ सय ग्राम लागुऔषध गाँजासहित एक भारतीय युवकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारतको सितामढी जिल्ला सोनवर्षा थाना ग्राम पञ्चायत बिसनपुर आधार वार्ड न-६ संग्रामपुर बस्ने जाकिर हुसेनको छोरा अन्दाजी वर्ष २७ को नुर मोहम्मद रहेको प्रहरीले जनाएको छ।

    निजलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा आइतवार दिउँसो BR 30 Z 6466 नम्बरको  मोटरसाइकलमा ४ किलो ९ सय ग्रामको दरले दुइवटा पोका बनाएर राखेको जम्मा ९ किलो ८ सय ग्राम गाँजासहित मलंगवा नगरपालिका वडा न-१ भेडियाही गाउँ  स्थित ढलान सडक खण्डबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी बिजय यादवले जानकारी दिएको छ।

    पक्राउ परेका भारतीय युवक नुर मोहम्मदलाई सशस्त्र प्रहरीले मोटरसाइकल र बरामद भएको लागुऔषधसहित सोही दिन साँझ आवश्यक अनुसंधानको लागि सदरमुकाम मलंगवा स्थित जिल्ला प्रहरी कार्यालयलाई बुझाएको प्रवक्ता एवं डिएसपी यादवले जनाएको छ।

No comments:

Post a Comment