क्षेत्र न-३ ख मा सामाजिक अभियन्ता सरोज रायले पाए ‘लालटीन’ चुनाव चिन्ह
लोकतन्त्र समाचारदाता---
सर्लाही,२७असोज ।सर्लाही प्रदेशसभा क्षेत्र नम्वर ३ (ख)बाट स्वतन्त्र उम्मेदवारी दिएका सामाजिक अभियन्ता सरोज रायले लालटिन चुनाव चिन्ह पाएका छन् ।
निर्वाचन कार्यतालिका अनुसार निर्वाचन अधिकृतको कार्यालयले बुधवार स्वतन्त्र उम्मेदवार रायलाई लालटिन चुनाव चिन्ह् प्रदान गरेको हो । देशभरका स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको छ ।
सामाजिक अभियन्ता राय चर्चित अनुहार हुन् । उनले विदेशमा जेल जीवन विताइरहेका र मृत्यूदण्ड पाएका कैयौं नेपालीको जीवन रक्षा गरी स्वदेश फर्काउन सफल भएका छन् । उनले भारतबाट समेत कैयौं नेपालीको उद्धार गरेका छन् ।
No comments:
Post a Comment