Thursday, October 13, 2022

जाति र धर्मको नाममा राजनीति गर्नेहरुलाई पराजित गरेर निरुत्साहित पार्ने आफुले अठोट लिएको क्षेत्र न-४ (ख)का स्वतन्त्र उमेदवार मनोज कुमार सिंहको भनाई


जाति र धर्मको नाममा राजनीति गर्नेहरुलाई पराजित गरेर निरुत्साहित पार्ने आफुले अठोट लिएको क्षेत्र न-४ (ख)का स्वतन्त्र उमेदवार मनोज कुमार सिंहको भनाई

लोकतन्त्र समाचारदाता---
सर्लाही,असोज २७
     केही व्यक्ति तथा राजनीतिक दलका प्रतिनिधिहरुले चुनावको बहानामा सोझासाझा जनतालाई एकआपसमा जुधाएर राजनीतिक द्वन्द्व श्रृजना गर्ने काम गरिरहेको सर्लाही क्षेत्र न-४ (ख)का स्वतन्त्र उमेदवार मनोज कुमार सिंहले बताउनुभएको छ।समाजमा  कहिले जातिको नाममा त कहिले धर्मको नाममा द्वन्द्व फैलाएर आफ्नो फाइदा लिन खोजिरहेका त्यस्ता नेताहरुलाई पराजित गरेर समाजबाट द्वन्दलाई निर्मुल पर्न आफुले अठोट लिएको सिंहले लोकतन्त्र खबरलाई बताउनुभएको छ।
   आफुले चुनाव लडेको क्षेत्र न-४ मा २६ वटा वडाहरु रहेका छन् ।ती २६ वटै वडामा रहेका बेरोजगार युवाहरुकोलागि सहकारीको माध्यमबाट रोजगारी दिने,सामुदायिक विद्यालयहरुकोन अवस्था एकदमै नाजुक रहेकोले त्यसको सुधार गरि अन्तराष्ट्रिय स्तरको बनाउने ,बिसौं वर्षदेखि सत्ता र कुर्सीको स्वाद चाख्दै आएका यसअघिका जनप्रतिनिधिहरुले पुरा नगरेका कामहरु पूरा गरेर देखाउने भिजन लिएर आफु चुनावमा उठेको स्वतन्त्र उमेदवार सिंहले लोकतन्त्र खबरसँगको कुराकानीमा बताउनुभयो।
     निर्माण व्यवसायको काममा लामो समयदेखि संलग्न रहँदै आएकोले निर्माण सम्बन्धि काममा मेरो अनुभव अरुको भन्दा राम्रो रहेकोले आफ्नो अनुभवको भरपुर उपयोग गर्ने छु,सिंहले बताउनुभयो।गोडैता लगायतका ठूला तथा व्यस्त बजारमा विभिन्न आपराधिक क्रियाकलापहरु हुने गरेकाले ती बजारमा आउने र त्यहाँ रहेका ब्यक्तिहरुलाई सुरक्षाको अनुभुति  दिलाउने काम पनि गर्न उहाँले बताउनुभयो ।
    जनताको बिचमा गएर आफ्नो भिजनहरु सुनाउँदा उहाँहरुबाट राम्रो प्रतिक्रिया आइरहेको सिंहले लोकतन्त्र खबरसँग भन्नुभयो।
   

No comments:

Post a Comment