Monday, October 10, 2022

तलब नपाएपछि आन्दोलन गर्ने तयारीमा हरिपुर्वाका शिक्षकहरु

 





लोकतन्त्र समाचारदाता---

सर्लाही,आश्विन २४

       सर्लाहीको हरिपुर्वा नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले तलब भत्ता नपाएपछि यही असोज २७ गते बिहिवारदेखि चरणबद्ध रुपमा आन्दोलन गर्ने तयारी गरेका छन् ।   

     आर्थिक वर्ष २०७९/०८० को प्रथम त्रैमासिक तलब भत्ता हालसम्म पनि नपाएपछि  हरिपुर्वा न.पा अन्तर्गत सामुदायिक विद्यालयका प्राधानाध्यापक,शिक्षक र कर्मचारीहरुको आज(सोमबार)बसेको संयुक्त बैठकबाट तलब भत्ता निकासाको माग गर्दै असोज २७ गते बिहिवारदेखि चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रमहरु संचालन गर्ने तयारी गरेका छन्।

   उनीहरूले आफ्नो माग तथा आन्दोलनका कार्यक्रमहरुको बारेमा जानकारी गराउँदै प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

  

  आन्दोलनरत् शिक्षकहरुले तय गरेको कार्यक्रम अनुसार २७ गते बिहिवार कालोपट्टी बाँधेर अध्यापन गराउने,२८ गते शुक्रवार पेन डाउन र ३० गते आइतवारदेखि सम्पूर्ण सामुदायिक विद्यालयहरु बन्द गरि नगरपालिकाको कार्यालयमा धर्ना दिने रहेको छ।

No comments:

Post a Comment