Thursday, October 20, 2022

सर्लाहीको बागमती नगरपालिका स्थित सगुन सहकारीमा भएको गाेलीकाण्डका आराेपीहरु पक्राउ ,घटनामा ३ भारतीयसहित १ नेपाली संलग्न

 


सर्लाहीको बागमती सर्लाहीको बागमती नगरपालिका स्थित सगुन सहकारीमा भएको गाेलीकाण्डका आराेपीहरु पक्राउ ,घटनामा ३ भारतीयसहित १ नेपाली संलग्न

मनोज यादव---

सर्लाही,कात्तिक ३

  बुधबार बिहान सर्लाहीकाे बागमती नगरपालिका वडा न-१ मिलनचाेकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनकाे सेवा केन्द्रमा लुटपाट गर्न आएका लुटेराहरु पक्राउ परेका छन् ।

    पक्राउ पर्ने भारतीय नागरिकहरुमा बिहार राज्यकाे जिल्ला शिवहर थाना छप्रा ग्राम पंचायत तरयानी छप्रा वडा नं. ८ बस्ने भुषण सिंहको छोरा १९ वर्षीय रेहान भन्ने आलोक सिंह, जिल्ला बैशाली थाना उद्याेगी क्षेत्र ग्राम पंचायत सुलतानपुर वडा नं. १० बस्ने अरबिन्द कुमार यादवको छोरा १९ वर्षीय सौरभ कुमार यादव, जिल्ला मोतिहारी थाना सिगारगंज ग्राम पंचायत हराज वडा नं. १२ निबासी अरुण सिंहको छाेरा १९ वर्षीय गुलसन कुमार सिंह रहेका छन् । त्यस्तै सर्लाहीको धनकौल गाउँपालिका वडा नं-१ निवासी सोनफी सहनीको छोरा ३२ वर्षीय डिजे भन्ने धिरेन्द्र सहनी रहेका छन् ।लुटपाटको क्रममा प्रतिकार गर्न खोज्दा उनीहरुले  सेवा केन्द्रका शाखा प्रबन्धक साजन कार्की माथि गोली चलाएर गम्भीर घाइते बनाएका थिए।

    उनीहरू चारैजनालाई प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय मलंगवाकाे संयुक्त टाेलीले  पक्राउ गरेकाे सर्लाही प्रहरी प्रमुख  प्रहरी उपरीक्षक प्रविन पाेखरेलले जानकारी दिए । चारजना मध्ये रेहान भन्ने आलोक,सौरभ र गुलसनलाई आज (बिहीबार) बिहान सवा१२ बजेको समयमा जिल्लाकै बलरा न.पा वडा न-३ लक्ष्मीपुरबाट र डिजे भन्ने धिरेन्द्रलाई साढे १२ बजे धनकौल गा.पा वडा न-१ स्थितबाट पक्राउ परेको  प्र.उ पोखरेलले जनाएको छ।

  बुधबार बिहान सवा ११ बजे भारतीय नम्बर प्लेटको मोटरसाइकलमा चढेर ३ जनाकाे समूहमा आएका लुटेराहरु गोलीकाण्ड पछि सोही मोटरसाइकलमा चढेर दक्षिणतर्फ भागेका थिए ।

   गोली लागेर गम्भीर घाइते भएका लालबन्दी नगरपालिका वडा न-२,जुटपानी निवासी कार्कीकाे अहिले ललितपुरकाे मेडिसिटी अस्पतालमा उपचार चलिरहेको प्रहरीले जनाएको छ।

    पक्राउ परेका अभियुक्तहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय मलंगवाकाे हिरासतमा राखेर थप । अनुसन्धान भईरहेकाे प्रहरीले जनाएको छ।

No comments:

Post a Comment