Tuesday, October 18, 2022

मलंगवा नगरपालिकाको विकासमा जनप्रतिनिधिकै उदासिनता, ‘सडकको बीचमा बिजुलीको पोल’

 


मलंगवा नगरपालिकाको विकासमा जनप्रतिनिधिकै उदासिनता, ‘सडकको बीचमा बिजुलीको पोल’/सडकमा पानी छर्किन बन्द भएपछि दिनहुँ धुलो खान बाध्य मलंगवाका जनता 

मनोज यादव---

सर्लाही,कात्तिक १

   ‘कही नभएको जात्रा हाँडी गाउँमा’ भनेझैं  सरकारी स्तरबाट विकास निर्माणका काममा कतिसम्म लापरबाही हुन्छ  हुन्छ भन्ने कुराको उदाहरण सर्लाहीको सदरमुकाम मलंगवाका गल्लीहरुमा बिजुली तथा टेलिफोनको पोलहरु नसारी कनै बनेका ढलान सडकबाट प्रष्ट हुन्छ।मलंगवा न.पा वडा न-९ बालमन्दिर चौकदेखि उत्तरतर्फको मासु गल्लीमा बनेको भित्री सडकले निर्माण कार्यमा हुने लापरबाहीलाई प्रष्ट्याएको छ ।

   पक्की (पिसिसी) गरिएको सडकको बीच भागमा विद्युतका पोलहरु जस्ताको त्यस्तै छन् । यस्ता पोलहरुका कारण दुर्घटनाको जोखिम बढेको छ।

    मलंगवा बजार र गल्लीहरुमा बनेका अधिकांश पक्की(पिसिसी) सडकहरु मापदण्ड अनुसार नबनेको स्थानीयहरु बताउँछन् ।

     मलंगवा न.पा को वडा न-९ मा बनेको पक्की सडकको मात्र नभई वडा न-३,४ ,८ ,५,६ मा बनेका सडकहरुको अवस्था बिजोग छ। हतारहतारमा सडक बनाउने क्रममा पोलहरु नसारिएका कारण सडको बीच भागमा परेका ती पोलहरुमा सवारीसाधन  ठोकिएर दर्जनौं दुर्घटनाहरु भइसकेको स्थानीयहरुले बताएका छन् ।

    वडा न-९ को मासु गल्लीमा पान पसल संचालन गरेका सुनिल कुमारले सडक पक्की बनेपनि  नयाँ बनेको सडकको बीचमा छाडिएका विद्युत पोलले दुर्घटना बढाएको गुनासो गरे। विद्युतको पोल बीच बाटोमा परेका कारण आवतजावतमा पनि समस्या भएको उनले बताए ।   

                                 केही महिना अगाडि नगरपालिकाले दिनको २ देखि ३ पटकसम्म ट्याङ्कर द्वारा सडकमा पानी छड्किने काम गर्दै आएकोमा अब त्यो पनि बन्द भएपछि स्थानीयबासीहरुलाई दिनहुँ धुलोको मार सहनुपरेको छ। दिपावलीको लागि सफा गरेको  घर तथा पसलहरुमा पुनः धुलो प्रवेश गरेर समस्या उत्पन्न गराउने गरेको स्थानीयहरुले गुनासो गरेका छन् ।सडकमा पानी नछर्किनाले उडेको धुलोका कारण विभिन्न किसिमको स्वास्थ्य सम्बन्धि समस्याहरु समेत उत्पन्न भएको राजश्री सिनेमा अगाडी पसल संचालन गरेका राजेश साहले गुनासो गरेका छन् ।             स्थानीय तहको निर्वाचन पश्चात् सर्लाही जिल्लाको २० वटै स्थानीय तहमा निर्वाचित भएर आएका नयाँ तथा  पुनः दोहोरिएका जनप्रतिनिधिहरु  मध्ये १९ वटा स्थानीय तहका जनप्रतिनिधिहरुले विकास निर्माण लगायतका कामहरु गरिरहेको भएपनि जिल्लाकै सबैभन्दा पुरानो र पहिलो नगरपालिका एवं जिल्लाको सदरमुकाम मलंगवा नगरपालिकाले अहिलेसम्म एउटापनि काम सुरु गरेको छैन ।

    मलंगवा न.पा मा बसोबास गर्ने स्थानीय  जनताहरुले आफ्नो घर मलंगवामा पर्छ भन्न पनि लाज लाग्ने गरेको दुखेसो पोखेका छन्।मलंगवा नगरपालिका अहिलेको वर्तमान समयमा विकासको मामिलामा जिल्लामा मात्र नभई देशभरीमै सबैभन्दा पछाडि परेको भन्दै बुद्धिजीवीहरुले दु:ख व्यक्त गरेका छन्।

No comments:

Post a Comment