Wednesday, October 12, 2022

सर्लाहीमा पार्टी भित्र बिद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेकाे संख्या बढि

 लोकतन्त्र समाचारदाता---         सर्लाही २६ असोज 

   दलिय सहमतिको आधारमा टिकट  वितरण गरेका सत्तारूढ गठबन्धन दल र बिपक्षी  गठबन्धन  दलका केही नेताले टिकट नपाएपछि पार्टी भित्रबाट‌ै बिद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । 

    त्यसरी स्वतन्त्र उम्मेदवारी दर्ता  गराउँनेमा नेपाली काँग्रेसका नेता तथा निवर्तमान संसद डाक्टर  अम्रेस कुमार सिंह र नेकपा एमालेका नेता मानबहादुर खड्का रहेका छन् ।डाक्टर सिंहले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट प्यानल बनाएर स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ भने नेकपा एमालेका नेता मानबहादुर खड्काले  सर्लाही क्षेत्र नम्बर १ बाट प्यानल बनाएर  उम्मेदवारी दर्ता गराउनुभएको हो ।डाक्टर  सिंहले टिकट दाबी गरेको क्षेत्रबाट नेपाली काँग्रेसले पूर्वसभापति नागेन्द्र कुमार रायलाई टिकट दिएपछि उहाँले काँग्रेसबाट बिद्रोह गरेर प्रतिनिधि सभा सदस्यको लागि प्यानल बनाएर  स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ। सिहले अनिता देवी यादव र प्रीतम कुमारलाई प्रदेश सभा सदस्यीयको उम्मेदवार बनाउनुभएको छ। आफुले लामो समयसम्म नेपाली काँग्रेसको लागी जीवन समर्पित गर्दा समेत पार्टीलाई  पैसा बुझाउन नमानेको कारण टिकट नपएको आरोप लगाउनुभयो। 

   सर्लाही क्षेत्र नम्बर १  (क) बाट प्रदेश सभा सदस्यीयको लागि सत्तारुढ दल नेकपा माओवादी केन्द्रको तर्फबाट  टिकट पाउनुभएका उम्मेदवार रामचन्द्र सिंह कुशवाहाले पनि पार्टी भित्र बिद्रोह गर्दै नेकपा एमालेका स्वतन्त्र बागी उम्मेदवार  खड्काको पक्षमा उभिनुभएको छ। त्यस क्षेत्रमा प्रदेश सभा सदस्यका लागि गठबन्धन दलको सिफारिसमा अर्को उम्मेदवार  लोसपाका प्रदेश सभा सदस्य उपेन्द्र महतोले टिकट पाएपछि कुशवाहा स्वतन्त्रको पक्षमा उभिनु भएको हो। गठबन्धनले कुशवाहा र महतोलाई मित्रवत् प्रतिस्पर्धा गर्ने सहमतिमा टिकट दिएको छ। त्यसैगरी प्रदेश (ख) बाट सत्तारुढ गठबन्धन दलकै एकीकृत समाजवादी पार्टीले बेच्ची लुङ्गेलीलाई टिकट दिएपछि माओवादीका राजन कुमार श्रेष्ठले स्वतन्त्र उम्मेदवारी  दिनुभएको छ । 

    पार्टी भित्र टिकट लिने आकाङ्क्षी उम्मेदवार धेरै भएपछि  गठबन्धन दलले सिट भागबन्डा मिलाउन नसक्दा पार्टी भित्र  बिद्रोह गररे स्वतन्त्र उम्मेदवारी दर्ता गराउने बढेका  हुन। सर्लाही १  नम्बर क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि  नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री  शम्भुलाल श्रेष्ठ , संविधान सभा सदस्य रामचन्द्र चौधरी र नेकपा  एमालेको तर्फबाट मानबहा खड्काले आकांक्षा राख्नुभएको थियो । एमालेले जसपाका नेता प्रमोद साहलाई टिकट दिएपछि खड्काले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो। पार्टीले स्थानीय जनताको भावनालाई नबुझेर टिकट वितरण गरेकाले पार्टीबाट बिद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएको खड्काको भनाइ छ । आफुलाई नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ ,माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रह्लाद बुढाथोकी ,नेकपा एमालेका नेता रेवती पन्त , इश्वरपुर नगरपालिका पूवमेयर मनोज देवकोटा लगायत धेरै नेता र जनताको साथ  समर्थन रहेको दाबी गर्नुभयो।  सत्तारूढ गठबन्धन दलले  लोसपाका  नेता रामप्रकाश चौधरीलाई टिकट दिएको छ भने बिपक्षी गठबन्धनले जसपाका नेता तथा निवर्तमान संसद  प्रमोद साहलाई टिकट दिएको छ। त्यसैगरी सर्लाही क्षेत्र नम्बर ३(क) मा पनि असन्तुष्टि जनाउँदै नेकपा माओवादी केन्द्रको तर्फबाट जवहारलाल कुशवाहाले प्रदेश सभा सदस्यीयका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ।

     सत्तारूढ गठबन्धन दलले एकीकृत समाजवादीका डिल्ली उप्रेतीले टिकट पाएपछि कुवाहले असन्तुष्टि जनाउँदै   उम्मेदवारी दर्ता गरानु भएको हो। उहाँ नेपाली काँग्रेसको प्रदेश सभापति परित्याग गरि केही महिना अघिमात्र माओवादी केन्द्रमा प्रवेश गर्नुभए थियो ।

No comments:

Post a Comment