Sunday, October 9, 2022

मोहम्मद डेका अवसरमा मलंगवासहित सर्लाही जिल्लाभरी भब्य र्‍याली

 

मोहम्मद डेका अवसरमा मलंगवासहित सर्लाही जिल्लाभरी भब्य र्‍याली


लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर २३

    मुस्लिम धर्मालम्वीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती धुमधामका साथ मनाएका छन् ।

    मोहम्मद डे अर्थात मोहम्मद पैगम्बरको जन्मदिनको अवसरमा आइतवार बिहान मलंगवा नगरपालिका स्थित मेन चौक(नगरपालिकाको कार्यालय अगाडी)मा मुस्लिम समुदायको बसोबास रहेको सर्लाही जिल्लाका विभिन्न गाउँ ठाउँबाट ठूलो संख्यामा जम्मा भएका मुस्लिम धर्माबलम्बीहरुले वृहत र्‍याली निकालेका छन् ।

   मेन चौकबाट निकालिएको र्‍याली नगरको विभिन्न भागको परिक्रमा गरेका थिए।

   यस किसिमको र्याली मलंगवा लगायत मुस्लिम समुदायको बसोबास रहेको जिल्लाका अन्य क्षेत्रमा पनि निकालिएको थियो।

    इस्लामी पात्रो हिजरी सम्वतको रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट हजरत मोहम्मदको जन्म भएको दिनको सम्झनामा जन्म जयन्ती मनाउने गरिन्छ । उनको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिएको पत्रकार बख्तियार अलीले जानकारी दिए ।मोहम्मदको सम्झना गरेर मनाइने यो पर्वमा भोजको आयोजना गरेर बालबालिकालाई खुवाउने गरिन्छ ।

   मोहम्मद डेको अवसरमा आइतवार मधेस प्रदेश  सरकारले सार्वजनिक बिदासमेत दिएको थियो ।

No comments:

Post a Comment