Sunday, October 2, 2022

विजया दशमीको सातौ दिन(फुलपाती)मलंगवामा देवी दुर्गाको भब्य ध्वजा यात्रा निकालियो

मनोज यादव----

सर्लाही,आश्विन १६ 

     विजया दशमीको सातौ दिन अर्थात फुलपातीको अवसरमा सर्लाहीको सदरमुकाम मलंगवामा बाजागाजासहित देवी दुर्गाको ध्वजा यात्रा निकालिएको छ। प्रत्येक वर्ष फुलपातीका दिन निकालिंदै आएको ध्वजा यात्रा यसवर्ष पनि माँ दुर्गा भगवती संरक्षण कमिटी मलंगवाको आयोजनामा निकालिएको हो।

   माँ दुर्गा भगवती संरक्षण कमिटी मलंगवाका अध्यक्ष एवं स्थानीय समाजसेवी  जयप्रकाश अग्रवालको संयोजकत्वमा दुर्गा पुजा मुल समारोह समिति गठन गरि मलंगवा नगरपालिका वडा न-८,भगवती मन्दिर स्थित मोहनसिंह घर्मशालाको प्रांगणबाट निकालिएको ध्वजा यात्रामा विभिन्न क्षेत्रमा आबद्ध नगरका गन्यमान्य व्यक्तिहरुको सहभागीता रहेको थियो। उक्त यात्रामा जिल्ला समन्वय समितिका उपसभापति जितेन्द्र कुशवाहा,प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम ,दलित आयोगका राम प्रवेश बैठा, मलंगवा नगरपालिका वडा न-८ का वडा अध्यक्ष मुकेश जयसवाल,वडा न-३ का वडा अध्यक्ष प्रमोद राय, वडा न-९ वडा अध्यक्ष चन्देश्वर राय, वडा नं, ४ का वडाअधयक्ष रविनद्र यादव स्थानीय समाजसेवी संजय गुप्ता,उधोग वाणिज्य संघ मलंगवाका अध्यक्ष   विरेन्द्र साह, कमिटीका सदस्यहरु नवनित अग्रवाल,विकास गोयल,गौतम सर्राफ ,राजिव अग्रवाल,विश्वेश्वरप्रसाद साह,प्रविण गुप्ता,सुरेन्द्र गुप्ता,मनोज कुमार साह,अनिल कुमार यादव लगायत सयौं स्थानीय महिला श्रद्धालुहरुको सहभागीता रहेको थियो।

     भगवती मन्दिरबाट बिहान १० बजे तिर सुरु गरिएको यात्रा नगरको विभिन्न भागको परिक्रमा गर्दै पुन: सोही ठाउँमा आएर सम्पन्न गरिएको थियो।

    समितिले विजया दशमीको पहिलो दिन अर्थात घटस्थापनाको दिन हजारौं कुमारी कन्याहरुको कलश यात्रा र छैठौं दिन बेलन्यौतन यात्रा निकालेका थिए।

    गएको दुई वर्ष कोरोना भाइरस तथा लकडाउनका कारण भब्यताका साथ विजया दशमी मनाउन नपाएका यस क्षेत्रका बासिन्दाहरु यसवर्ष भने घटस्थापनाको दिनदेखि नै विभिन्न कार्यक्रमहरुको आयोजना गरि दुर्गा पुजा मनाइरहेका छन् ।

    घटास्थापनादेखि सुरु भएको दुर्गा पुजा १० दिनसम्म चल्ने छ । सर्लाही जिल्ला भरीका पुजा स्थलमा सम्बन्धित ठाउँका दुर्गा पुजा समितिले दुर्गा माता लगायत बिभिन्न देवी देउताहरुको प्रतिमा बनाएर मेलाको आयोजना गर्ने तयारी गरेका छन् ।

No comments:

Post a Comment