Sunday, October 2, 2022

खुटौनामा रहेको ऐलानी जग्गा कब्जा गर्न चलखेल गरिरहेको भन्ने आरोप लगाएर केही विपक्षीहरुले राजनीतिक चरित्र हत्या गर्न खोजेको वडा अध्यक्ष राम कैलाश यादवको भनाई



खुटौनामा रहेको ऐलानी जग्गा कब्जा गर्न चलखेल गरिरहेको भन्ने आरोप लगाएर केही विपक्षीहरुले राजनीतिक चरित्र हत्या गर्न खोजेको वडा अध्यक्ष राम कैलाश यादवको भनाई


मनोज यादव---

सर्लाही,आश्विन १६ गते

   सर्लाहीको  मलंगवा नगरपालिका वडा न-६ ,खुटौनाको डबरी पोखरीको  ऐलानी जग्गा कब्जा गर्न चलखेल गरिरहेको भन्ने आरोप लगाएर केही विपक्षीहरुले आफुलाई बदनाम गर्न खोजेको वडा अध्यक्ष राम कैलाश यादवले बताउनु भएको छ।

     आफ्नो अनुपस्थितीमा केही व्यक्तिहरुले खुटौना स्थित वडा कार्यालय अगाडी रहेको डबरी पोखरी वरिपरिको ऐलानी जग्गा कब्जा गर्न र कब्जा गरिसकेको जग्गालाई कानुनी रुप दिन चलखेल गरेको भन्ने भ्रामक समाचार मात्र फैलाएको उहाँले बताउनुभएको छ।वडाअध्यक्ष यादवका अनुसार पारिवारिक कारणले आफुलाई भारतको प्रशिद्ध धार्मिक तिर्थ स्थल वैष्णोदेवीको दर्शन गर्न जानुपर्ने भएको हुँदा सो अवस्थामा स्थानीय सरकार संचालन ऐन २०७४ मा भएको कानुनी व्यवस्था अनुसार आफ्नो अनुपस्थितिमा वडाको कार्यभार कार्यपालिका सदस्य समेत रहनु भएकी वडा सदस्य कबिता देवी पासवानलाई कानुन बमोजिम २०७९ असोज ६ गतेदेखि तिर्थ यात्राबाट फर्केर नआउन्जेल सम्मका लागि निमित्त अध्यक्ष भई कार्यभार सम्हाल्न अख्तियारी दिई सोको जानकारी नगरपालिकालाई समेत गराएर तिर्थाटनको लागि भारत आएको अवस्थामा निमित्त वडाअध्यक्ष पासवान ,उक्त वडाको वडअध्यक्ष प्रत्यासी,वडाकै केही ब्यक्ति र उनीहरुसँग संलग्न केही ब्यक्तिहरु एकआपसमा मिलेमतो गरि हुँदै न भएको कामलाई गलत तरिकाले समाजमा फैलाएर मेरो चरित्र हत्या गर्ने योजना बनाई सोही अनुसार काम पनि गरेको उहाँले बताउनुभयो ।

    कानुन विपरीत कुनै काम नभएपनि सार्वजनिक जग्गा हिनामिना गर्न किर्ते कागजमा सहीछाप गराएको भन्ने मेरो र पुर्व सांसद प्रमोद साहको नाममा मिथ्या र भ्रामक समाचार फैलाएर हुँदै नभएको कुराको भिडियो समेत बनाउन लगाएर हामीहरुको राजनीतिक चरित्र हत्या गर्न विभिन्न पत्रपत्रिका तथा सामाजिक संजाल मार्फत झुठो प्रचारप्रसार गर्न लगाएको कुराको जानकारी सामाजिक संजाल मार्फत आफुले पाएको वडाअध्यक्ष यादवले बताए ।

    तिर्थाटनका लागि भारतमा रहनुभएका वडाअध्यक्ष याददवले पत्रकार मार्फत हुँदै न भएको कुराहरुलाई  गलत तरिकाबाट प्रचारप्रसार गरेर जनतालाई भ्रमित नपार्न  र यस्ता गलत तथा झुठा कुराहरुको प्रचारप्रसार गरेर आफुहरुको राजनीतिक चरित्र हत्या गर्न खोजेका निमित्त वडाअध्यक्ष र यस्ता कार्यमा  संलग्न ब्यक्तिहरु उपर वडा कार्यालयले  साइबर अपराध कसुर सम्बन्धि कार्यवाही गर्ने  चेतावनी दिँदै  संदेश पठाउनुभएको छ।








 

No comments:

Post a Comment