Tuesday, October 11, 2022

जतिवाद र पुँजीबादको नारा लगाएर विखण्डनबादी राजनिती गर्नेहरुको पछाडी नलाग्न सर्लाहीको निर्वाचन क्षेत्र न-२ मा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्य पदको लागि उमेदवारी दिएका राजनारायण साहको जनतासँग आग्रह



मनोज यादव---

सर्लाही,असोज २५

    एउटै व्यक्तिलाई भोंट दिएर जिताउने परिपाटीलाई बरकरार राख्दै  विगत २५ वर्षदेखि लगातार एकै व्यक्तिलाई मतदान गरेर जिताउँदैआएपनि विकाशको अनुभूति गर्न नपाएका  सर्लाही  क्षेत्र न-२ का जनताहरुले अब परिवर्तन चाहेका छन् ।पछिल्लो २५ वर्षदेखि जिताउँदै आएका ब्यक्तिले विकास लगायतका कामहरु गरेर देखाउन नसकेपछि अबको चुनावमा यस क्षेत्रका जनताहरुले आफुलाई  मौका दिन लागेको नेकपा एमालेबाट उमेदवारी दिएका राजनारायण साहले बताएका छन् ।

    पुरानो नेताहरुको कामबाट  निराश भएका क्षेत्र न-२ का सम्पूर्ण जनताहरुको मनमस्तिष्कमा अहिले राजनारायण साहकै तश्विर बसिसकेकोले जनताहरुकै चाहनालाई आत्मसात गर्दै यसपालिको चुनावमा पुनः उमेदवार बनेको उनले बताएका छन् ।

     यही मंसिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदको लागि  केपी ओली नेतृत्वको नेकपा एमालेबाट उमेदवारी दिएका नेता साहलाई जिल्लामा विद्यमान झण्डै चार दशकभन्दा बढी समयदेखिको जर्जर अवस्थाको बारेमा जानकारी गराउँदै यस्तो अवस्था किन आएको भनि प्रश्न गर्दा उनले केही गलत तथा  स्वार्थी नेताहरुका कारण यस्तो अवस्था आएको बताए ।यस्ता गलत प्रवृत्तिका नेताहरुलाई परास्त गर्न नेकपा एमालेले स्पष्ट भिजनहरु ल्याएको छ।जसअनुसार उनले पहिलो नम्बरमा उपेक्षित समुदायको हकअधिकारको सुनिश्चितता गर्ने,दोस्रो नम्बरमा बाहिरी शक्तिबाट परिचालित भई राजनितीक रुपमा अगाडी बढेर सोझासाझा जनतालाई मुर्ख बनाउँदै आएका केही ठुला  नेताहरुका कारण धारासायी बनेको विकास निर्माण,शिक्षा,स्वस्थ्य ,रोजगारी ,कृषि लगायतका कामहरु जनचाहना अनुसार अगाडी बढाउँदै जाने बताए।   

    उनले ठगको कुनै पहिचान नभएकोले त्यस्ता ठगको पछाडी नलाग्न जनताहरु सँग आग्रह गरेका छन् ।जतिवाद र पुँजीबादको नारा लगाएर विखण्डनबादी राजनिती गर्नेहरुको पछाडी नलाग्न समेत उनले आग्रह गरे। त्यस्ता प्रवृत्तिका नेताहरुलाई परास्त गर्न र जनचाहना अनुसार कामहरु गर्नकै लागि पुनः यसपटकको निर्वाचनमा भाग लिएको नेता साहले बताए ।

  उनले २५ वर्षको लामो समय अरुलाई दिएर त्यसको परिणाम देखिसकेका जनताहरुसँग राम्रो परिणामको लागि  मात्र ५ वर्षको समय मागेका छन् ।

  
    

No comments:

Post a Comment