Sunday, October 9, 2022

सर्लाहीमा मनोनयन पत्र दर्ता भएसँगै चुनावी माहौल तात्तियो/दलका नेता तथा स्वतन्त्र उमेदवार बिच कडा प्रतिस्पर्धा

 

सर्लाहीमा मनोनयन पत्र दर्ता भएसँगै चुनावी माहौल तात्तियो/दलका नेता तथा स्वतन्त्र उमेदवार बिच कडा प्रतिस्पर्धा 


मनोज यादव---

 सर्लाही, असोज २३

आज मनोनयन पत्र दर्ता भएसँगै सर्लाहीको चुनावी माहौल तात्तिएको छ। यसपालिको चुनावमा ठुला नेताहरु बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ। 

       सर्लाहीको क्षेत्र न-२ मा प्रतिनिधि सभा सदस्यको लागि  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतो र नेपाल समाजवादी पार्टीमा भएपनि माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनाव लडेका महेन्द्र रायले मनोनयन पत्र दर्ता गराएका छन्। 

त्यस्तै क्षेत्र न- २ बाटै प्रतिनिधि सभाको लागि नेकपा एमालेबाट राजनारायण शाहले मनोनयन पत्र दर्ता गराएका छन्। 

    यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्र २ (क) मा कांग्रेसबाट बहुचर्चित एवं  लोकप्रिय नेता जंगिलाल राय ,(ख) मा लोसपाबाट युवा नेता पुर्व जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले मनोनयन पत्र दर्ता गराएका छन् । यसैगरी क्षेत्र न-२ (क) मा शुनिल कुमार साह र क्षेत्र न-२ (ख)मा काँग्रेसबाट कौशल किशोर यादवले मनोनयन पत्र दर्ता गराएका छन् ।जसपाबाट प्रदेश सभाको लागि क्षेत्र न-२ को (ख) बाट पुर्व प्रदेश सांसद एवं लोकप्रिय युवा नेता अशोक यादव र क्षेत्र न-२ को (क) मा एमालेबाट किशुनदेव यादवले आफ्नो उमेदवारी दर्ता गराएका छन्।

      यस्तै सत्ताधारी गठबन्धन अन्तर्गत सर्लाही क्षेत्र नम्बर-३ को प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रबाट संविधान सभा सदस्य नरेन्द्र साह तथा प्रदेश सभा (क)बाट नेकपा एकीकृत समाजवादीका डिल्ली प्रसाद उप्रेती र (ख) बाट नेपाली कांग्रेसका हरेस महतोको उम्मेद्वारी दर्ता भएको छ। 

   विपक्षी गठबन्धन अन्तर्गत संघीय सांसदको उमेदवारमा नेकपा एमालेका हरि उप्रेती तथा प्रदेशको (क )मा गणेश प्रसाद प्रसाईं र (ख) मा जसपाका संजय यादवको उमेदवारी दर्ता भएको छ । त्यस्तै  क्षेत्र नं-४ बाट प्रतिनिधि सभाको लागि  पूर्व मन्त्री एवं नेपाली कांग्रेस सर्लाही जिल्ला कार्यसमितिका पूर्व सभापति नागेन्द्र कुमार यादव र प्रदेश सभा निर्वाचन क्षेत्र नं. ४ (ख) मा मधेश प्रदेश महिला बालबालिका युवा तथा खेलकुद मन्त्री तथा नेपाली कांग्रेस प्रदेश कार्यसमितिका उप–सभापति विरेन्द्र प्रसाद सिंह क्रमशः प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदको लागि उम्मेदवारी दर्ता गराएका छन् ।

सोही क्षेत्रका नेपाली काँग्रेसका नेता  डा. अमरेश कुमार सिंहले पार्टीबाट टिकट नपाए पछि स्वतन्त्र रुपमा आफ्नो उमेदवारी दर्ता गराएको छ।   

     त्यस्तै सर्लाही क्षेत्र न-१ मा दलीय गठबंधनका प्रतिनिधि सभामा राम प्रकाश चौधरी र क्षेत्र नः १ को (क ) मा प्रदेश सभा सदस्यमा उपेन्द्र महतो र क्षेत्र नः १ को (ख) बाट प्रदेश सभा सदस्यमा बेची लुगेली गठबंधनको तर्फबाट मनोयन पत्र दर्ता गराएका छन्। नेकपा एमालेका नेता मानबहादुर खड्काले सर्लाही क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । एमाले–जसपा गठवन्धनबाट निवर्तमान सांसद प्रमोद साहले टिकट पाएपछि खड्काले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

    सर्लाहीको  निर्वाचन क्षेत्र न-२ मा प्रतिनिधि सभा सदस्यको लागि  स्वतन्त्रबाट उमेदवारी दिएका डा.विरभंश बैठा पनि कडा प्रतिस्पर्धी उमेदवारको रुपमा देखिएको छ।उहाँ चुनाव चिन्ह लौरो(लाठी)लिएर चुनावी मैदानमा उत्रिनु भएको छ।





No comments:

Post a Comment