Monday, October 17, 2022

लागुऔषधसहित एक युवक पक्राउ

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,असोज ३१

प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।ब्रम्हपुरी गाउँपालिका वडा न-४ त्रिभुवननगरबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित मलंगवा  नगरपालिका वडा न-२ का अन्दाजी २५ वर्षीय संतोष साहलाई पक्राउ गरेको हो।

    साहलाई आइतवार अपराह्न पौने ३ बजे भारतबाट साइकलमा चढेर नेपालतर्फ आउँदै गरेको अवस्थामा त्रिभुवननगर स्थित रोकेर चेकजाँच गर्ने क्रममा निजको साथबाट ९०० पिस नाइट्रोभेट ट्याबलेट बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी बिजय यादवले जानकारी दिए।

    पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि मलंगवा स्थित जिप्रकाको हिरासतमा राखिएको छ।

No comments:

Post a Comment