Friday, October 21, 2022

केपी ओलीको प्रतिगामी कदमलाई परास्त गर्न गठबन्धन बनेको हो:-पुर्व मन्त्री एवं प्रतिनिधि सभा उमेदवार महेन्द्र राय यादव

 

  चुनाव पछि सन्यास लिने पुर्व मन्त्री रायको घोषणा



मनोज यादव---

सर्लाही,कात्तिक ४

       ओलीको प्रतिगामी कदमलाई परास्त गर्न चारदलिय गठबन्धन गरिएको पुर्व मन्त्री एवं गठबन्धनका शाझा उमेदवार महेन्द्र राय यादवले बताउनुभएको छ।नेपालीहरुको दोस्रो ठूलो चाड दिपावली तथा छठ पर्वको अवसरमा गठबन्धनको शाझा उमेदवार मलंगवाले आयोजना  गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले यस्तो बताउनुभएको हो।

   यो गठबन्धन चुनावसम्मको लागि मात्र नभई यसले लामो यात्रा तय गर्ने भएकोले यो सदाको लागि रहने सर्लाही निर्वाचन क्षेत्र न-२ बाट प्रतिनिधि सभा सदस्य पदका उमेदवार यादवले बताउनुभयो।केपी ओलीका कारण देशमा आएको राजनीतिक अस्थिरतालाई स्थिर बनाउन गठबन्धन गरिएको उहाँले भन्नुभयो।

अन्तिम पटकको लागि चुनावमा उठेको र यो चुनाव पछि सन्यास लिने  जानकारी गराउँदै उहाले गठबन्धनमा आबद्ध चारैवटै दलका नेता,कार्यकर्ताहरुलाई क्षेत्र न-२(ख) बाट प्रदेश सभा सदस्यको लागि गठबन्धनको शाझा उमेदवारको रुपमा उठ्नु भएका कौशल किशोर रायलाई चुनावमा सघाउन समेत अनुरोध गर्नुभयो।

    सोही अवसरमा बोल्दै पुर्वमन्त्री रामेश्वर राय यादवले प्रतिगमनकारी शक्ति ,ब्यक्ति र तत्वले समयसमयमा भएको आन्दोलनमा आफ्नो ज्यानको आहुती दिएर ल्याएको  देशको सम्पूर्ण परिवर्तनलाई उल्टाएर पुनः पुरानै अवस्थामा लैजान गरेको षड्यन्त्रको विरुद्धमा बाध्य भएर गठबन्धनको स्वरुपमा आएको बताउनुभयो ।यदी हामीले साँच्चिकै परिवर्तन चाहेका छौ भने पछिल्लो समयमा एकअर्का बीच रहेको रिष,वैरभाव र दुश्मनीलाई बिर्सेर सहिदहरुले ल्याएको परिवर्तनलाई टिकाई राख्न सच्चा दिलले गठबन्धनको उमेदवारहरुलाई जिताउन उहाँले सबैसँग आग्रह गर्नुभयो।

    सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-४ स्थित शिवसागर चौकमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमिति सर्लाहीका पुर्व सभापति एवं पुर्व सांसद लक्ष्मण राय,प्रदेश सभा उमेदवार कौशल किशोर यादव,माओवादी केन्द्रका डा.अब्दुल रहिम मिकरानी,नागेश्वर राय,नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि राजु श्रेष्ठ,नेकपा समाजवादीका नरेन्द्र राय,दयाकान्त मिश्र,नरेन्द्र  खिडहरीले आआफ्नो मन्तव्य राखेका थिए।

    चन्द्र किशोर साहको अध्यक्षतामा भएको कार्यक्रमको संचालन गठबन्धनका नेता विनय कुमार यादवले गरेका थिए।कार्यक्रममा मलंगवा नगरपालिकाका मेयर नागेन्द्र राय लगायत गठबन्धन अन्तर्गतका चारैवटै दलका नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

No comments:

Post a Comment