Sunday, October 16, 2022

साना किसान सहकारी संस्था शंकरपुरको १६औं वार्षिक साधारणसभा सम्पन्न

 




लोकतन्त्र समाचारदाता----

सर्लाही,असोज ३०

    सर्लाहीको बागमती नगरपालिकाको वडा न-१०, शंकरपुरस्थित साना किसान कृषि  सहकारी संस्था लिमिटेडले  १६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।  साधारणसभाको उद्घाटन प्रमुख अतिथी नेपाल कृषि  सहकारी महासंघका अध्यक्ष खेम पाठकले कार्यक्रम सम्बन्धित व्यानर पढेर गरेका थिए।

    कार्यक्रममा संस्थाका अध्यक्ष कमल कुमारीले संचालक समितिको तर्फबाट  संस्थाको वार्षिक प्रतिवेदन पेस गरेका थिए। प्रतिवेदन पेस गर्दै उनले संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा १४ करोड ८९ लाख २ हजार रुपैयाँ निक्षेप संकलन गरेको जानकारी दिए। यसै गरी गतवर्ष शेयर रकम ६ करोड ५९ लाख १४ हजार रहेकोमा यसवर्ष बढेर ७ करोड ६५ लाख ३ हजार रुपैयाँ उनले जानकारी गराए।

    संस्थाले आफ्ना सदस्यहरुलाई व्यवसाय संचालन एवं गर्जो टार्न सन्ततीलाई उच्च शिक्षा अध्यन तथा स्वास्थ्य उपचारको लागि तोकिएको अधिकतम कर्जा सिमा २० लाख रुपैयाँको परिधिभित्र रही कुनै किसिमको सेवा शुल्क नलिई यसवर्ष ७१ करोड १३ लाख ७ हजार रुपैया कर्जा वितरण गरेको अध्यक्ष कमल कुमारीको जानकारी दिए।

   उनले  गतवर्ष २०७८ मा  मधेश प्रदेश सरकारको कृषि विकास निर्देशनालय नक्टाझिंज धनुषाको लागत साझेदारीमा रु १ करोड ४० लाख प्राप्त भई विभिन्न कृषि यन्त्रहरु खरिद गरि कस्टम ह्यारिङ्ग सेन्टर संचालनमा ल्याएको जानकारी गराए।यस आर्थिक वर्ष पनि फलोअप कार्यक्रममा कस्टम ह्यारिङ्ग सेन्टरको  लागि प्राप्त भएको थप अनुदान रकम ४४ लाख ७४ हजार रुपैयाँबाट मेसिन खरिद गरेको उनले जानकारी दिए।

   बरहथवा न.पा को वडा न-५,६,१० ११ र बागमती न.पा को वडा न-५,६,७,८,९ र १० लाई आफ्नो कार्यक्षेत्र बनाएर संचालन भएको यस संस्थाको ५ सय ४८ समूहमा ३ हजार २ सय ८९ जना  सदस्यहरु रहेको मध्ये २ हजार ४ सय ७१ महिला तथा  ८ सय १८ जना पुरुषहरु रहेका छन् ।

    आइतवार सम्पन्न भएको साधारणसभाको अवसरमा संस्थाले बागमती नगरपालिकाकी उपप्रमुख   , बरहथवा न.पा की नगरप्रमुख कल्पना कटुवालसहित  संस्थाका जेष्ठ सदस्य तथा  परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र/छात्रालाई सम्मान गरेका थिए।

   

No comments:

Post a Comment