Wednesday, October 26, 2022

संघीय शिक्षक फोरममा आबद्ध सर्लाहीका चार दर्जन भन्दाबढी शिक्षकहरु एकैसाथ नेपाल शिक्षक संघमा प्रवेश

 



 

क्षेत्र न-२(ख)मा प्रदेश सभाको लागि कौशल किशोर यादवलाई सघाउने प्रतिबद्धता 

मनोज यादव----

सर्लाही,कात्तिक ९

     संघीय शिक्षक फोरममा आबद्ध  सर्लाहीका चार दर्जन भन्दा बढी शिक्षकहरु सामुहिक रुपमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल शिक्षक संघमा प्रवेश गरेका छन् ।

   नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सर्लाहीले नेपालीहरुको महान पर्व शुभ दिपावली,छठ तथा मुस्लिमहरुको साबान(सबेबारात)पर्वको अवसरमा बुधबार सदरमुकाम मलंगवामा आयोजना गरेको  शुभकामना आदानप्रदान कार्यक्रमका बिच उनीहरू   एकैसाथ संघमा प्रवेश गरेका हुन ।

    नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सर्लाहीका अध्यक्ष यमनाथ उप्रेतीको अध्यक्षता तथा मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा संघीय शिक्षक फोरमका अध्यक्ष रामबाबु राय,उपाध्यक्ष दिपेन्द्र राय यादव,सचिव अनिल यादव,कोषाध्यक्ष महेन्द्र सिंह जितेंद्र लाल दाससहित जिल्लाका विभिन्न स्थानीय तहका नगर अध्यक्ष,सदस्यहरु लगायत ५० जना भन्दाबढी शिक्षक शिक्षिकाहरुलाई संघका अध्यक्ष उप्रेती र प्रमुख अतिथि यादवले टीका लगाएर संघमा स्वागत गरेका छन् ।

    पार्टी प्रवेश गरिसकेपछि कार्यक्रममा बोल्दै नव प्रवेशी  सदस्यहरु ने.शि.संघमा आबद्ध रहँदा पनि अन्य संगठनका पेशागत  शिक्षकहरुको हकहित र अधिकारको लागि  समेत आवाज उठाउँदै आएका  नेपाल शिक्षक संघका पुर्व जिल्ला अध्यक्ष कौशल किशोर यादव मधेस प्रदेश सदस्य पदको लागि सर्लाहीको निर्वाचन क्षेत्र न-२(ख) बाट चुनावमा उठेकाले उनलाई जिताउन जिल्लाभरीका शिक्षकहरु एकजुट भएर तन,मन,धनका साथ लाग्ने बताएका छन् ।उनले लगातार तीन पटकसम्म  जिल्ला अध्यक्षको पदमा रहेर सफलतापुर्वक  संघको कार्यभार सम्हालिसक्नु भएको छ। कार्यक्रममा यादवको काम गर्ने शैली, सरल व्यवहार र आफ्ना समकक्षी पेशाकर्मीहरु प्रतिको त्यागबाट आफुहरु प्रभावित भएको र प्रदेश सांसदको लागि यादव बाहेक अरु कुनै विकल्प नभएकोले उहाँलाई चुनावमा सघाउन रत्तिभर पछाडि नहट्ने उनीहरूले प्रतिबद्धता  ब्यक्त गरेका छन् ।यादवको जितमा नै सम्पूर्ण शिक्षकको जित हुने,उनीहरूको भनाई छ।

     मलंगवा स्थित महेन्द्र होटलको सभाहलमा आयोजना भएको शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित भएका   विशिष्ठ अतिथि नेपाली काँग्रेस सर्लाहीका  पुर्व सभापति एवं पुर्व सांसद लक्षमण राय,पुर्व सांसद रामचन्द्र चौधरी ,क्षेत्रीय उपसभापति नवीन अधिकारी,नेपाली काँग्रेस युवा नेता बिनोद खनाल, कबिलासी नगरपालिकाका नगर प्रमुख ब्रह्मदेव राय,नेपाल शिक्षक संघ सर्लाही सचिव मनोज शर्मा,नेपाल शिक्षक महासंघ केन्द्रीय सदस्य बद्री नारायण मिश्र,संघीय शिक्षक फोरम सर्लाही अध्यक्ष रामबाबु राय लगायतका अतिथिहरु दिपावली ,छठ तथा सबेबारात पर्वको शुभकामना दिँदै  मंसिर ४ गतेको चुनावमा प्रदेश सभा सदस्य उमेदवार यादवसहित गठबन्धनका अन्य  साझा उमेदवारहरुलाई पनि सघाउने प्रतिबद्धता ब्यक्त गरेका थिए।

   कार्यक्रममा सहभागी हुन आएका  शिक्षकहरु गठबन्धनका साझा उमेदवार प्रति सकारात्मक तथा चुनावका लागि  निकै उत्साहित देखिएका थिए।


  


No comments:

Post a Comment