Friday, October 14, 2022

१६ बुँदे माग राख्दै सर्लाही चन्द्रनगरका शिक्षकहरु आन्दोलित

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,असोज २८

     सर्लाहीको चन्द्रनगर गाउँपालिका अन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु बिभिन्न १६ बुँदे मागहरु राखेर आन्दोलित भएका छन् । 

      गाउँपालिका अध्यक्ष द्वारा बिगतमा गरिएका समीक्षा बैठकको निष्कर्ष सार्वजनिक गर्नुपर्ने ,विद्यालयमा गएको रकमको शिर्षक अनुसारको लिखित रुपमा जानकारी हुनुपर्ने ,प्राधानाध्यापकहरुको भ्रमणको निर्णय अनुसारको बिल भर्पाई बुझाएको बाँकी रहेको रकम अविलम्ब हुनुपर्ने ,विगतका वर्षहरुमा दिवाखाजाको लागि कतिकति रकम कुनकुन विद्यालयमा गएको हो जानकारी हुनुपर्ने साथै चालु शैक्षिक वर्षको दिवा खाजाको रकम अविलम्ब सम्बन्धित विद्यालयको खातामा पठाउनुपर्ने,पाठ्यपुस्तकको रकम अविलम्ब निकासा गर्नुपर्ने साथै सरकारले यस पालिका भित्र पर्ने २२ वटै विद्यालयकोलागि भनि पठाएको २६ लाख २६ हजार रुपैयाँ मध्येबाट गाउँपालिकाले ११ लाख १४ हजार रुपैया मात्र विद्यालयहरुमा पठाएकोले बाँकी रहेको रकमको बारेमा जानकारी गराउनुपर्ने , विद्यालयहरुमा शिक्षकको अभाव रहेकोले विद्यार्थीहरुको संख्याको आधारमा विषयगत तथा कक्षागत शिक्षकहरुको व्यवस्था हुनुपर्ने ,संघ,प्रदेश र स्थानीय तहबाट गत आर्थिक वर्ष आएको शिक्षाको बजेट  सार्वजनिक गरि कुनकुन रकम विद्यालयको खातामा कतिकति र कहिले गएको हो सोको विवरण सार्वजनिक गरि फ्रिज भएको रकम  कारण सहित जानकारी गराउनुपर्ने ,आ/व २०७९/०८० को बजेट सार्वजनिक गरि वार्षिक कार्यक्रम  निर्धारण गरि निर्धारित समयमा संचालन हुनुपर्ने ,सोही आ/व को लागि गाउँपालिकाबाट पारित भएको नीति तथा कार्यक्रमहरु निर्धारित समयभित्र सार्वजनिक हुनुपर्ने ,यसैगरि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत गत आ/व मा पारित साझेदारी रकम १५ लाख रुपैयाँ कुनकुन विद्यालयले पाएको र कुनकुन विद्यालयले नपाएको  कारण सहित सार्वजनिक गरि चालु आ/व  मा विशेष परिषदबाट पारित गरि निरन्तरता दिनुपर्ने ,शिक्षकहरुलाई चार-चार महिनामा दिंदै आएको तलब भत्ता मासिक रुपैया दिनुपर्ने ,शुन्य दरबन्दी भएका विद्यालयहरुको चालु आ/व को बजेट सार्वजनिक गरि मासिक तलब भत्ताको व्यवस्था हुनुपर्ने ,भत्ता सहितको नियमित प्रअ  बैठक व्यवस्थित हुनुपर्ने ,केही दिन अगाडी आधारभुत विद्यालय बर्कुर्वामा भएको प्रअहरु सँगको बैठकमा भएका निर्णयहरु अविलम्ब कार्यान्वयन हुनुपर्ने ,प्रत्येक विद्यालयमा अनिवार्य रुपमा योगा शिक्षक र मेस्तरको व्यवस्था हुनुपर्ने लगायतका १६ बुँदे मागहरू राखेर शिक्षकहरुआन्दोनमा उत्रिएको  नेपाल शिक्षक महासंघका अध्यक्ष एवं बडकुर्वा निमाविका प्रअ सरोज कुमार सिंहले जानकारी गराएका छन् ।

 

 आफुहरुको माग जायज रहेकोले उक्त मागहरु सम्बोधन गराउन भनि दुई पटक बैठक राखिसकेको तर उक्त बैठकमा  गाउँपालिका अध्यक्ष राज  कुमार महतो उपस्थित हुन नचाहेपछि बाध्य भएर शिक्षा शाखासँग छलफल गरि आन्दोनका कार्यक्रमहरु अघि सारेको नेपाल शिक्षक महासंघका अध्यक्ष सिंहले बताएका छन् ।

    तय गरिएका आन्दोलनका कार्यक्रम अनुसार आज पहिलो दिन (शुक्रबार) २२ वटै सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुले गाउँपालिका कार्यालयको छेउमा रहेको  नाढीमनमा विरोधसभाको  आयोजना गरि घण्टी जुलुस  निकालेका थिए।



 

No comments:

Post a Comment