Monday, October 31, 2022

सामाजिक अभियान र राजनीतिको कनेक्सन नीति निर्माणको तहमा जानकै लागि मैले आफ्नो उम्मेदवारी दिएको हुँ :सरोज राय

 

नीति निर्माणको तहमा जानकै लागि मैले आफ्नो उम्मेदवारी दिएको हुँ :सरोज राय




मनोज यादव---

सर्लाही,कात्तिक १४

    सर्लाहीको संसदीय  निर्वाचन क्षेत्र -३(ख) को चुनावी दौडमा समाजिक अभियन्ताको रुपमा सुपरिचित सरोज राय अग्रपंक्तिमा रहेको छ।

    मधेश प्रदेशको सर्लाही ३ (ख) मा प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएका रायले जनता समाजवादी पार्टी नेपालबाट टिकट लिएर चुनाव लड्ने सोचमा हुनुहुन्थ्यो तर सो पार्टीबाट उहाँले टिकट नपाएपछि प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएको हो। तराई मधेशमा मात्र होइन, उहाँ देशभरमै एउटा समाजिक अभियनताको रुपमा परिचित हुनुहुन्छ । उहाँले विभिन्न विपदमा सहयोग जुटाउनेदेखि लिएर वैदेशिक रोजगारमा गई समस्यामा परेका ब्यक्तिहरुको उद्धार गर्दैआउनु भएको छ ।

    उहाँले समाजमा कसैलाई कुनै आपत्त बिपत्त परेको छ भने त्यसबाट उद्धार गर्न अगाडी बढ्ने गरेको स्थानीयहरुले बताएका छन् । चाहे कोही विरामी परेको होस् या कसैको घरको झगडा होस् अथवा प्रहरी प्रशासनबाट पिडित भएको होस् उहाँ अरुको दु:खलाई आफ्नै दु:ख सम्झेर  त्यसको समाधानका लागि अघाडी आउनु हुन्छ क्षेत्र न-३ का जनताहरु बताउँछन् ।

    मधेश प्रदेश सरकारसँग सहिद परिवार र सुकम्वासीहरुका लागि लडेको धेरै भएको छैन । तर  जेजति कामहरु गरिरहेको छु त्यो सब देशको व बिग्रेको अवस्था सुधार्नका लागि गरिरहेको छु उहाँले भन्नुभयो।यदि देशको सिस्टम ठिक भयो भने हामी जस्ता सामाजिक अभियन्ताको कुनै काम नै हुँदैन । त्यसैले नीति निर्माणको तहमा जानकै लागि मैले आफ्नो उम्मेदवारी दिएको हुँ ।’

No comments:

Post a Comment