Thursday, October 13, 2022

मोटरसाइकल दुर्घटनामा छोराको मृत्यु, बुवा घाइते





लोकतन्त्र समाचारदाता---

सर्लाही,असोज २७

      सर्लाहीको हरिपुर्वा नगरपालिका वडा न-९ खिला टोल स्थित भित्रि सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएको छन्।

    गत सोमबार राति साढे सातबजेको समयमा श्रीनगरबाट खिला टोलतर्फ जाँदै गरेको प्र२-०२-००३ प ३४९४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक खिला टोल बस्ने अन्दाजी वर्ष ३५ को बेचन राय यादव घाइते भएको र सोही मोटरसाइकल पछाडी सवार निजकै छोरा अन्दाजी वर्ष १४ को रितेश यादवको मृत्यु भएको छ।

   दुर्घटनामा परि घाइते भएका दुवैजनालाई उपचारको लागि बिराटनगर स्थित न्युरो अस्पताल लगिएको थियो।मंगलबार दिउँसो सोही अस्पतालमा उपचारको क्रममा  रितेशको मृत्यु भएको प्रहरीले जनाएको छ।

   मृतक रितेशको शव सोही अस्पतालमा रहेको छ।

  

No comments:

Post a Comment