Saturday, October 8, 2022

महिला तथा बालबालिका कल्याण समाजको १२ औं वार्षिक साधारणसभा सम्पन्न

 



लोकतन्त्र समाचारदाता----

सर्लाही,आश्विन २२

   महिला तथा बालबालिका कल्याण समाजको मलंगवाको १२ औं  वार्षिक साधारणसभा सम्पन्न भएको छ। सनिवार सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न साधारणसभाले पुरानै कार्यसमितिलाई निरन्तरता दिंदै सर्वसम्मतिले  अमृता कुमारीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ।

   ९  सदस्यीय समितिको  उपाध्यक्षमा अनिषा खातुन ,सचिवमा उपेन्द्र चौधरी, कोषाध्यक्षमा पुजा कुमारी यादव रहेका छन् ।यसैगरी समितिको सदस्यहरुमा सुधा कुमारी सिंह,भुषण पासवान,रितु कुमारी,लक्ष्मी कुमारी र उषा देवी मिश्र रहेका छन् ।

      विगत एक दशक भन्दा समयदेखि महिला,बालबालिका तथा स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको यस संस्थाले  गर्लस् फर्स्ट एड नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक सहयोगमा सर्लाही जिल्ला अन्तर्गतका विभिन्न स्थानीय तहहरुमा बालविवाह न्युनिकरणका लागि अभिभावक ,शिक्षक तथा किशोरीको लागि सचेतता कार्यक्रमहरु संचालन गर्नुका साथै विभिन्न सामुदायिक विद्यालयहरुमा नवजागरण किशोरी क्लब संचालन गरेको छ।   संस्थाले सर्लाहीमा मात्र नभई काभ्रे ,सिन्धुली र दोलखा जिल्लामा पनि विभिन्न परियोजना तथा कार्यक्रमहरु संचालन गर्दै आएको सचिव उपेन्द्र चौधरीले जानकारी दिएको छ।  कारितास नेपाल नामक अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको आर्थिक सहयोगमा ती जिल्लाहरुमा सामुदायिक स्वास्थ्य सवलिकरण परियोजना मार्फत स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सम्बन्धि विभिन्न तालिमहरु संचालन गर्दै आइरहेको सचिव चौधरीले जानकारी दिए।

   मलंगवा स्थित स्वास्थ्य कार्यालयमा  सम्पन्न भएको कार्यक्रममा  मलंगवा नगरपालिकाका कार्यक्रम अधिकृत राजकुमार अधिकारीको विशिष्ट आतिथ्यता तथा आयोजक संस्थाका प्राविधिक सल्लाहकार अमरेन्द्र राय,कानुनी सल्लाहकार मिथलेश कुमार सिंह,स्वास्थ्य कार्यालयका अजय कुमार राय ,बिभा सिंह लगायत आयोजक संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

    



No comments:

Post a Comment