Saturday, October 29, 2022

जनताको घरदैलोमा स्वतन्त्र उमेदवार एवं युवा समाजसेवी सरोज राय /सर्लाही क्षेत्र न-३(ख) मा पुराना उमेदवारको भन्दा रायको क्रेज बढ्दै


 जनताको घरदैलोमा स्वतन्त्र उमेदवार एवं युवा समाजसेवी  सरोज राय /सर्लाही क्षेत्र न-३(ख) मा पुराना उमेदवारको भन्दा रायको क्रेज बढ्दै 


मनोज यादव---

सर्लाही,कार्तिक १२

     मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावमा विभिन्न पार्टीका  नेताहरु मतदाताहरुलाई आफुतर्फ आकर्षित गर्न  विभिन्न तरिकाले प्रचार प्रसारमा उत्रिएका छन्। तर मंसिर ४ गते हुने प्रदेश सभाको चुनावमा सर्लाही क्षेत्र न-३ (ख) का जनताहरुको झुकाव समाजसेवी युवा नेता सरोज यादवतर्फ रहेको देखिएको छ।

    सो क्षेत्रबाट चुनाव लडेका अन्य नेताहरु आफुहरुको भोंट तान्न विकासको नाममा झुठो आश्वासन मात्र बाँँडिरहेको स्थानीय जनताहरुले बताएका छन् । विगत लामो समयदेखि  समाजिक सेवामा सकृय रहेका सामाजिक अभियन्ता रायको सर्वसाधारण नागरिकहरु प्रतिको अथाह प्रेम र समर्पण भावकै कारण यस क्षेत्रका जनताहरुले उहाँलाई प्रदेश सभाको लागि उमेदवारी दिन लगाई चुनावी मैदानमा उतारेको राय निकटका व्यक्तिहरुले बताएका छन् ।

     आफ्नो फाइदाको लागि मात्र चुनाव लडेका नेताहरुको हाम्रो क्षेत्रमा कुनै काम नरहेकोले यस पटक आफुहरु कुनैपनि प्रलोभन तथा छलकपटमा नपरी क्षेत्र न-३(ख)को नेतृत्व गर्न समाजिक अभियन्ता रायलाई अत्याधिक मतले विजयी गराई प्रदेश सभामा पठाउने निर्णय गरिसकेको स्थानीयबासिन्दाहरुले बताएका छन् ।

     सर्लाहीको निर्वाचन क्षेत्र न-३ (ख) बाट स्वतन्त्र उमेदवारको रुपमा लालटेन छाप लिएर प्रदेश सभा क्षेत्र नम्वर ३ (ख)बाट चुनावी मैदानमा उत्रिएका राय क्षेत्र न-३ मा मात्र नभई सर्लाहीको चारवटै क्षेत्रमा चिरपरिचित व्यक्ति हुनुहुन्छ ।उहाँ विदेशमा जेल जीवन विताइरहेका र मृत्युदण्ड पाएका कैयौं नेपालीहरुको जीवन रक्षा गरी स्वदेश फर्काउन सफल हुनुभएको छ। भारतबाट समेत कैयौं नेपालीहरुको उद्धार गरिसक्नु भएको छ।

     सो क्षेत्रमा उहाँको प्रतिस्पर्धा नेपाली कांग्रेसका उमेदवार  हरेश महतो र जनता समाजवादी पार्टीका  उम्मेदवार  संजय कुमार यादव बिच रहेको भएपनि रायको चर्चा महतो र यादवको भन्दा बढी रहेको छ ।

     सरोज रायको जितबाटै क्षेत्रको कायापलट हुने भएकोले उहाँलाई मतदान गर्न बुद्धिजीवीले सबैसँग अनुरोध गरेका छन् । 

   समाजिक सेवामा आफ्नो जीवन अर्पण गरेका रायले स्वतन्त्र उम्मेदवारी दिए पछि सो क्षेत्रका जनताहरुमा अब केही हुन्छ कि भनेर आशा पलाएको देखिएको छ। 

  

No comments:

Post a Comment