Tuesday, October 11, 2022

सर्लाही जिल्ला :- प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन पत्र दर्ता गराएका ब्यक्तिहरुको नामावली:-

 


    @सर्लाही जिल्ला :-



     आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सर्लाही जिल्लाको ४ वटा निर्वाचन क्षेत्रहरुबाट प्रतिनिधि सभा सदस्यको लागि निम्न ब्यक्तिहरुले मनोनयन पत्र दर्ता गराएका छन् ।

  जसअनुसार  प्रतिनिधि सभाको लागि क्षेत्र न-१ बाट राजनीतिक दलको प्रतिनिधित्व गर्दै प्रमोद साह(जसपा),बलराम बस्नेत(जन समाजवादी पार्टी नेपाल),रमाकान्त कापर(मजदुर किसान पार्टी),राजेन्द्र प्रसाद मैनाली(राप्रपा),राम प्रकाश चौधरी(लोसपा),राम विश्वास राय(जनमत पार्टी)यसैगरी स्वतन्त्रबाट क्रमशः आकाश वती दनुवार,जयनारायण महतो,जयनारायण महतो,दामोदर चौधरी,दिपेश कुमार कार्की,धिरेन्द्र यादव,ध्वजमान मोक्तान,बेनी बहादुर कार्की,बैकुण्ठ सापकोटा,भिम प्रसाद पोखरेल,मनोज कुमार चौधरी र मानबहादुर खड्का रहेका छन्।

   क्षेत्र न-२ मा राजनीतिक दलबाट जयकरण महतो(राष्ट्रिय स्वतन्त्र पार्टी),नरेश प्रसाद कुशवाहा(जनमत पार्टी),महेन्द्र राय यादव(नेकपा माओवादी केन्द्र,एकल चुनाव चिन्ह),मोस्तकिम अंसारी(नेपाल संघीय समाजवादी),मोहम्मद मनसरिफ अंसारी(बहुजन एकता पार्टी),राजनारायण साह(नेकपा एमाले),राजेन्द्र महतो(लोसपा),विकेश महतो(राप्रपा),बीरबंश बैठा(हाम्रो नेपाली पार्टी,लौरो चुनाव चिन्ह) तथा स्वतन्त्रबाट क्रमशः कामिल मिया मुकेरी,मनोज कुमार साह,राज किशोर राय यादव,राजनारायण राय यादव,रामनाथ साह,सुशिला कुमारी ,श्रवण साह र सतिश कुमार चौधरी रहेका छन् ।

      यसैगरी क्षेत्र न-३ मा ईन्द्रमान वाइवा(मंगोल नेशनल अर्गनाइजेसन),नरेन्द्र साह कलवार(नेकपा माओवादी केन्द्र,एकल चुनाव चिन्ह),पद्म बहादुर सिङ्ताङ्ग(राष्ट्रिय स्वतन्त्र पार्टी),भवानी घिमिरे(हाम्रो नेपाली पार्टी),राजकुमार पासवान(ब.ए.पार्टी),हरि प्रसाद उप्रेती(नेकपा एमाले),त्रिभुवन कुमार सिंह(जनमत पार्टी) तथा स्वतन्त्रबाट क्रमशः अभिशेक प्रसाद साह,उत्तर कुमार मैनाली,ओम प्रसाद मैनाली र कृष्ण राय यादव रहेका छन् ।

     यसैगरी सर्लाहीको निर्वाचन क्षेत्र न-४ मा अजित कुमार साह(हाम्रो नेपाली पार्टी),उपेन्द्र राय(जनता प्रगतिशील पार्टी),दिनेश राय(गान्धीबादी पार्टी नेपाल),धिरज ठाकुर(राष्ट्रिय स्व पार्टी),नागेन्द्र कुमार(नेपाली काँग्रेस),महेश महतो(राप्रपा),राकेश कुमार मिश्र(जसपा),राजाराम पासवान(बहुजन एकता पार्टी),राजिनन्द प्रसाद चौधरी(नेपाल जनता पार्टी),रामबाबु राय(जनमत पार्टी),रामआज्ञा यादव(नेससपा) रहेकोे छन् र स्वतन्त्रबाट क्रमशः अमरेश कुमार सिंह,अरबिन्द कुमार ठाकुर,गणेश प्रसाद सिंह,बिजेन्द्र कुमार कुशवाहा,मधुमाला कुमारी यादव,राजेश कुमार मिश्र,राहुल कुमार सिंह,सोशिल कुमार सिंह र हरि श्याम राय रहेका छन् ।

    नोट:- प्रदेश सभा सदस्यको लागि मनोनयन पत्र दर्ता गराएका ब्यक्तिहरुको नामावली राष्ट्रिय लोकतन्त्र दैनिकको भोलीको अंकमा प्रकाशित हुनेछ।

No comments:

Post a Comment