Tuesday, May 10, 2022

मलंगवाको वडा न-२ मा जसपाका युवा उमेदवार शिवशंकरको लहर तेज




लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख २७

   स्थानीय चुनाव आउन अब मात्र  ३ दिन बाकी छ।बैशाख ३० गते शुक्रवारका दिन जनता आफैले आफ्नो लागि  स्थानीय सरकार चुन्दै छन्।यता जनताहरु मतदान गर्ने तयारीमा छन् भने उता प्रत्यासीहरु चुनावी प्रचारलाई तिब्रता दिएका छन् ।

   सबै दल तथा उमेदवारहरु आफ्नो जितको दावा गरिरहेका छन् ।यसपालिको चुनावमा युवा नेताहरु पनि चुनावी मैदानमा उत्रेका छन्।यी मध्ये केही उमेदवारले मात्र बढी चर्चा पाएका छन् ।त्यसै मध्येबाट मलंगवा नगरपालिका वडा न-२ को वडाअध्यक्ष पदका लागि जनता समाजवादी पार्टी नेपालबाट  प्रत्यासी बनेका युवा नेता शिवशंकर राज यादवको चर्चा बढेको छ।हुनत यस वडामा अरु पनि युवा  प्रत्यासीहरुको चर्चा चलेको छ तर शिवशंकरको चर्चा अरुको तुलनामा बढी चलेको स्थानीय सुमन साहले बताएका छन् ।

   बैशाख २७ गते(मंगलबार)मध्यराती १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ।उमेदवारी दर्ता गराएकै दिनदेखि आफ्ना वडाका जनताहरुको घरघरमा पुगेर आफुलाई मतदान गर्न आग्रह गर्दै आएका यादव आज प्रचारप्रसार गर्न पाउने  अन्तिम दिन पनि बिहानैदेखि आफ्ना प्यानलका सदस्य पदका प्रत्यासी तथा समर्थकहरुको साथ घरदैलोमा लागेका छन् ।उनको घरदैलो कार्यक्रममा स्थानीयबासीहरुको उल्लेखनीय सहभागीता रहेको देखिएको छ।

   जनताको आफुप्रतिको झुकाव र लगाव देखेर आफ्नो जित सुनिश्चित रहेको यादवले बताएका छन् ।अहिलेसम्म जनताको साथ र समर्थन राम्रै पाएकोले भोंट हाल्ने दिनपनि यसैगरी जनताको साथ र समर्थन पाउनेमा आफु विश्वस्त रहेको उनले बताए ।

   स्थानीयबासीहरुले पनि बिजयश्रीको ताज युवा नेता शिवशंकरको शिरमै सुशोभित हुने बताएका छन् ।आँटिलो स्वाभावको शिवशंकर कुनैपनि सामाजिक अथवा कसैको व्यक्तिगत काममा पछाडी नपर्ने स्वभावका रहेकाले आफ्नो मत उसैलाई दिने स्थानीयहरुले बताएका छन् ।

  


No comments:

Post a Comment