Monday, May 9, 2022

राजनीतिक पार्टीका उमेदवारहरु सँग प्रतिस्पर्धा गर्दै मलंगवाका स्वतन्त्र उमेदवार सन्तोष जयसवाल/

 



जयसवाल पाँच वर्षे योजना लिएर जनताको  घरदैलोमा 

लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख २६

    सर्लाहीको मलंगवा नगरपालिका वडा न-१० मा स्वतन्त्र उमेदवार सन्तोष जयसवालले दलका उमेदवारहरु सँग प्रतिस्पर्धा गर्दै आफ्नो चुनावी प्रचार प्रसार र घरदैलो अभियानलाई तिब्र बनाएको छ।बैडमिन्टन कर्क छाप लिएर वडाअध्यक्ष पदको लागि चुनावी मैदानमा उत्रेका जयसवालले ५ बर्षे कार्यकालमा पुरा गर्न बाँकी कामको लागी भन्दै स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् ।

    प्रचार प्रसार तथा घरदैलो अभियानमा लागेका जयसवाल जनताले आफुलाई विजयी गराउनेमा आफु विश्वस्त रहेको  बताएका छन् ।

   जयसवालले आफु बिजयी भएमा बुद्धिजीवी,पुर्व कर्मचारी,समाजसेवी सम्मलित एउटा टोल समिति गठन गरि सो समितिको सल्लाह र सहयोगमा विकास लगायतका कामहरु गर्ने,वातावरण संरक्षण एवं प्रबर्द्धनको लागि घरघरमा डस्टबिन वितरण गरि गाडीद्वारा फोहर संकलन तथा व्यवस्थापन गरि स्वच्छ वातावरणको निर्माण गर्ने,वडामा स्वास्थ्य एवं सरसफाइ सम्बन्धि जनचेतनामूलक कार्यक्रम संचालन गरेर जनतालाई जागृत गर्ने,मलेरिया ,डेंगु इत्यादि रोगबाट बच्न र निवारण गर्न निश्चित समयको अन्तरालमा औषधि छर्ने,सरकारी अस्पतालमा उपचार गराउँदा कुल बिलको रकम अनुदान स्वरुप १० प्रतिशत रकम विनियोजित बजेट भित्र रहेर उपलब्ध गराउने,वडाको सरकारी,सार्वजनिक प्राथमिक विद्यालयमा गुणस्तरीय शिक्षाको लागि अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गर्ने,बाल मैत्री स्थानीय शासन मार्फत बाल क्लब, बालविकास केन्द्र र खेलकुद स्थलको निर्माण गर्ने,वडा स्तरीय पुस्तकालयको व्यवस्था गर्ने र यसको संरक्षणका लागि सेवानिवृत कर्मचारीहरु सम्मलित एउटा ५ सदस्यीय लाइब्रेरी संचालन समितिको गठन गर्ने,सडक बत्तीको व्यवस्था गरि बिजुली नियमित गराउने,अशक्त,बिरामी र अपाङगता भएका ब्यक्तिको लागि अती आवश्यक काम बाहेक निजको घरसम्म सेवा प्रदान गर्ने,युवा स्वरोजगार कार्यक्रम अन्तर्गत शिपमूलक तालिमहरु सिलाई कटाई,प्लम्बिंग,बिजुली वाइरिंग,ब्युटी पार्लर,कम्पियुटर इत्यादि तालिमको व्यवस्था,वडा भित्रका सबै धर्म स्थलको संरक्षण एवं विकासको लागि स्थानीय स्तरमा छलफल गरि सोको निर्माण तथा जिर्णोद्धार गर्ने तथा पर्यटकीय स्थलको विकास गर्ने,सडक तथा नाला निर्माणको क्रममा ब्यक्तिको निजि घर सम्पति अधिकरण भएको अवस्थामा मुल्यांकनको आधारमा उचित क्षतिपूर्तिको व्यवस्था गर्ने र युवावर्गको शारिरीक तथा मानसिक विकासको लागि स्पोर्ट्स क्लबको व्यवस्था गर्ने लगायतका काम तथा योजनाहरु आफुले ल्याएको जानकारी गराएको छ।यसका लागि आफुलाई चुनावमा बिजयी गराउन जयसवालले जनतासँग अनुरोध गरेका छन् ।

   आफु भित्र रहेको विकास गर्ने  भावनाकै कारण कुनै राजनीति पार्टी तथा संगठनबाट नभइ स्वतन्त्र रुपमा उमेदवारी दिएको जयसवालले बताए।

   लामो अनुसंधान र जनताको चाहना अनुरुपनै तयार पारेको घोषणापत्रमा उल्लेख भएका सम्पूर्ण कामहरु पूरा गर्न आफु प्रतिबद्ध रहेको वडाअध्यक्ष प्रत्यासी जयसवालले बताउनुभयो।

  

No comments:

Post a Comment