Thursday, May 19, 2022

देवेन्द्र यादव र अन्जना कुशवाहालाई गोडैताका जनताले पुनः दोस्रो कार्यकालको लागि जिताए

 

लोकतन्त्र समाचारदाता---

सर्लाही,जेठ ५

    स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सम्पन्न चुनावमा सर्लाहीको गोडैता नगरपालिकाका जनताहरुले पुनः दोस्रो कार्यकालको लागि मेयर तथा उपमेयर पदमा देवेन्द्र कुमार यादव र अन्जना कुशवाहालाई जिताएका छन् ।

    मेयर यादव र उपमेयर कुशवाहा दुवैजना  लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)बाट चुनाव लडेर विजयी भएका हुन ।

   यादवले  ५२९४ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उपेन्द्र प्रसाद कुशवाहाले ४७५२  मत प्राप्त गर्नुभएको छ।

   त्यस्तै उपमेयर पदका उमेदवार कुशवाहाले ४७५२    मत प्राप्त गर्नुभएको छ।उहाँको निकटतम प्रतिद्वन्द्वी काँग्रेसकै रामसखी देवीले ४४९३   मत प्राप्त गर्नुभएको छ। 

    यसअघिको स्थानीय तहको निर्वाचनमा पनि उपेन्द्र प्रसाद कुशवाहानै मेयर यादवको निकटतम प्रतिद्वन्द्वीको रुपमा रहनुभएको थियो।


No comments:

Post a Comment