Monday, May 9, 2022

मलंगवा नगरपालिकाको वडा न-२ मा युवा नेताको पकड मजबुत ,युवाहरु धिरेन्द्र साहको पक्षमा

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख २६

   बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि वडाअध्यक्ष पदमा उमेदवारी दिएका पाको उमेरका प्रत्यासीहरुको तुलनामा  युवा प्रत्यासीहरुको पकड मजबुत रहेको देखिएको छ।त्यस मध्येबाट युवा नेता धिरेन्द्र साहको चर्चा बढी भएको पाइएको छ।

   युवा सर्कलहरु मलंगवा नपा वडा न-२ को वडाअध्यक्ष पदको लागि नेपाल कम्युनिस्ट पार्टी(एमाले)को सूर्य छापबाट उमेदवार बनेका साहको पक्षमा लागेका छन् ।पुराना सोंच भएका उमेदवारले भन्दा नयाँ सोंच र विचारधाराका युवाले विकास गर्नुका साथै समाजमा विद्यमान कुरितिहरु हटाउन सक्ने भएकोले यसका लागि धिरेन्द्र साहनै उपयुक्त उमेदवार भएकोले आफुहरु साहको पक्षमा मतदान गर्ने स्थानीय युवाहरुले बताएका छन् ।

    युवाहरु तपाईंको पक्षमा लागेका छन् ।युवाहरु मात्र नभइ सबै वर्गका मानिसहरु तपाईं पक्षमा लागेको देखिन्छ ।जनताको भरोसा तपाईं माथि छ।वडाका जनताहरुको भरोसालाई कायम राख्न र वडालाई विकासको मार्गमा लैजान के कस्ता एजेन्डाहरु बनाउनु भएको छ भन्ने प्रश्नको जवाफमा साहले आफु बिजयी भएमा नवजात शिशु(छोरी)को निशुल्क बिमा गराउने,बेरोजगार युवाहरुलाई व्यवसाय संचालन गर्न बिना धितो ५,००,०००रुपैया सम्म श्रृण उपलब्ध गराउने ,ढल विकास तथा वडाको डुबान क्षेत्रलाई यकिन गरि पानी निकासको व्यवस्था गर्ने,वडाबाट चाहिने सिफारिसहरु निशुल्कको साथै अनलाइन माध्यमबाट प्रदान गर्ने,वडा न-२ मा रहेको पब्लिक स्कुल अगाडीको झण्डा बजारलाई पुर्णरुपमा व्यवस्थित गरि सार्वजनिक शौचालयको निर्माण गर्ने,कृषि प्रयोजनका लागि निशुल्क विद्युत उपलब्ध गराउने ,ठाउँठाउँमा सडक बत्ती जडान गर्ने,किसानहरुको कृषि कार्यको लागि आवश्यक पर्ने बीउ बिजन, मल खाध , कृषि औजार तथा सिंचाइ सुविधा उपलब्ध गराउने,वडा भित्रका मुख्य सडक कालोपत्रे तथा सहायक सडकहरु पक्की ढलान गराउने,किसानहरुको सुविधाको लागि आवश्यक पर्ने कृषि सडकको निर्माण गर्ने,वडा भित्रका सरकारी विद्यालयको अध्यन अध्यापनमा सुधार ल्याउने,विद्यार्थीहरुको लागि छात्रवृत्ति,पोसाक तथा शैक्षिक सामाग्रीको व्यवस्था गरि वितरण गर्ने,विधवा तथा जेष्ठ नागरिकलाई सम्मान तथा विशेष सुविधाको व्यवस्था गर्ने,स्वास्थ्य चौकीको निर्माण गरि त्यसमा बर्थिंङ सेन्टर संचालनको लागि सुविधा सम्पन्न भवनको निर्माण तथा एम्बुलेन्सको व्यवस्था गर्ने,समयसमयमा विभिन्न रोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविरहरु संचालन गरि उपचारको व्यवस्था गर्ने,स्वास्थ जिवनका लागि शुद्ध पिउने पानी र प्रदुषण मुक्त वडा बनाउने ,खेलाडीहरुलाई खेल सामाग्री वितरण गर्ने,विभिन्न खेलहरुको आयोजना गर्ने र खेल मैदानको व्यवस्था गर्ने,सामुदायिक भवन,विवाह भवन तथा सभाहलको निर्माण गर्ने,महिला, बालबालिका तथा बाल क्लब र बाल संजालकोन हक हितमा काम गर्ने,जनचेतनामूलक ,आयमूलक,सिपमूलक र युवा स्वरोजगार सम्बन्धि कार्यक्रमहरुको आयोजना गर्ने, वडामा निशुल्क इन्टरनेट सेवा प्रदान गर्ने साथै विभिन्न मठ मन्दिर तथा धार्मिक स्थलहरुको निर्माण तथा जिर्णोद्धार गर्ने बताएका छन् ।

   यी सब कामहरुका लागि  वडाका विकास प्रेमी जनताहरुको साथ र सहयोगको आवश्यक्ता रहेकोले एउटा युवाको नाताले आफु भित्र नयाँ जोस,जाँगर र विकास गर्ने क्षमता भएकोले एकपटक युवालाई मौका दिएर हेर्न साहले स्थानीय जनताहरु सँग अनुरोध गरेका छन ।

   जनताले म माथि विश्वास गरि आफ्नो अमूल्य मत दिएर जिताएको खण्डमा जनताको विश्वास र भरोसा नतोड्ने साहले प्रतिबद्धता व्यक्त गरेका छन् ।उनले सूर्य छापमा मतदान गर्न जनतासँग आग्रह समेत गरेको छ।

2 comments: