Wednesday, May 4, 2022

सार्वजनिक स्थलमा राखिएका चुनावी पोस्टर, पम्प्लेट तथा पार्टीकाे झण्डा हटाउन सुरु

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख २१

     आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर  चुनावी प्रचारप्रसारका लागि उमेदवारहरुले सार्वजनिक स्थलमा   टाँस्न लगाएका पाेस्टर, पम्प्लेट तथा पार्टीका झण्डाहरु प्रशासनले  हटाउन सुरु गरेको छ ।

    आज(बुधबार) दिउँसाे सर्लाहीको  सदरमुकाम मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमा बसेकाे निर्वाचन आचारसंहिता अनुगमन समितिकाे बैठकको निर्णय अनुसार सार्वजनिकनिजी स्थानहरुबाट त्यस्ता चुनावी प्रचार सामग्रीहरु  हटाउन सुरु गरिएको छ।समितिले आज(बुधबार) दिउँसाेबाटै  सुरक्षाकर्मीहरु परिचालन गरेर त्यस्ता सामग्रीहरु हटाउन लगाएका छन् ।बैठकमा जिल्ला स्थित राजनीतिक दलका प्रमुख तथा उमेदवारहरुले  पार्टी कार्यालयबाहेक सार्वजनिक स्थलहरुमा राखिएको निर्वाचनप सम्बन्धि  प्रचार सामग्री हटाउने प्रतिवद्धता व्यक्त गरेका छन् । 

   बिजुलीको पोल, विद्यालय,मठ मन्दिर, चौक, चाैराहा लगायतका सार्वजनिक स्थलहरुमा निर्वाचन आचारसंहिता विपरीत राखिएको निर्वाचन सामग्रीहरु दलहरु आफैले नहटाए सुरक्षाकर्मी लगाएर हटाउने र त्यसमा दलहरुको तर्फबाट कुनै अवरोध नगर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले जानकारी दिए ।उनले  प्रचार प्रसारमा डीजे बाजा बजाउन पनि प्रतिबन्ध लगाउने निर्णय भएकाे जानकारी दिए। डीजे बजाउँदै र ब्यानर टाँगेर हिँड्ने सबारी साधनलाई समेत नियन्त्रणमा लिने बैठकले निर्णय गरेकाे सप्रजिअ अधिकारीले जनाएको छ ।

   हिजो(मंगलबार)जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा पनि राजनीतिक दलहरुले चुनावी आचार संहिताको पालना गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए तर पालना गरेका थिएनन्।

No comments:

Post a Comment