Sunday, May 15, 2022

आजबाट सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय कार्यान्वयनमा आयो

 



१ जेष्ठ २०७९, आइतबार

काठमाडौँ — शनिवार र आईतवार सार्वजनिक बिदा दिने सरकारको निर्णय आजबाट कार्यान्वयनमा आएको छ । यो बिदा परीक्षणको रुपमा रहने सरकारले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको अभाव भएसँगै नेपालमा पनि त्यसको असर परेको हो । सातामा दुई दिन बिदा हुने भएपनि अन्य पाँच दिन भने बिहान ९ः३० बजेदखि ५ः३० बजेसम्म कार्यालय खुल्ने सूचना नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ ।

पेट्रोलियम पदार्थको खपतलाई कम गर्नको लागि सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । दुई दिन सार्वजनिक बिदा दिँदा पेट्रोलियम पदार्थको आायात कम गर्न सकिने भएकोले यसले अर्थतन्त्र सुधारका लागि सहयोग पुग्ने सरकारको लक्ष्य छ । तर निजी विद्यालयहरुले भने यसको बिरोध गर्दै आएका छन् । विद्यार्थीहरुको पठनपाठनमा समस्या पर्ने भन्दै निजी विद्यालयहरुले विद्यालय बन्द नगर्ने बताइसकेका छन् ।                               योहो खबरबाट...

No comments:

Post a Comment