Tuesday, May 17, 2022

जनताले पुनः दोस्रोपटक मलंगवा वडा न-१० र ११ को जिम्मेवारी मुकेश झा र शम्भुलाई दिए

  



लोकतन्त्र समाचारदाता---

सर्लाही,जेठ ३

   जनताले मलंगवा नगरपालिका वडा न-१० को जिम्मेवारी पुनः दोस्रोपटकको लागि मुकेश झालाई सुम्पेका छन् । 

   स्थानिय तह निर्वाचन अन्तर्गत सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-१० को वडाअध्यक्ष पदमा झाले  जनता समाजवादी पार्टीको छाताबाट आफ्नो उमेदवारी दिएका थिए। 

   हालसम्म मतगणना भएका १० वटा वडाहरु मध्ये मलंगवाको ८ वटा वडामा नयाँ अनुहारहरु देखिए पनि वडा न-४ , १० र ११ मा भने जनताले पुरानै उमेदवारलाई दोस्रोपटकको लागि पनि वडाअध्यक्षमा जिताएका छन् । वडा न-११ मा नेकपा माओवादीका नन्दकिशोर राय  (शम्भु )पुनः विजयी भएको छ।

   अब वडा न  १२ को नतिजा मात्र आउन बाँकी रहेको छ। 

  

No comments:

Post a Comment