Tuesday, May 17, 2022

मलंगवा नपाको वडा न-८ र ९ मा पनि जसपाकै कब्जा/प्रदेश सांसद अशोक यादव द्वारा बधाई

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,जेठ ३

   स्थानिय तह निर्वाचन अन्तर्गत सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-८ र ९ मा पनि जनता समाजवादी पार्टी का उमेदवारहरु वडाअध्यक्षको पदमा विजयी भएका छन् ।

   मलंगवा मलंगवा नपा-८ मा मुकेश जयसवाल र वडा न-९ मा चन्देश्वर राय विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    उहाँहरु दुवैजना वर्षौंदेखि समाजिक कार्यमा लाग्दै आउनुभएकोले नगरमा मात्र नभइ सर्लाही जिल्लामै चर्चित हुनुहुन्छ।

   यसपटक दुईवटै वडाका बासिन्दाले नयाँ व्यक्तिलाई वडाअध्यक्षको रुपमा चुनेका छन्।  आफुहरुले मतदान गरि विजयी बनाएका वडाअध्यक्ष प्रति ठुलो आशा र विश्वास रहेकोले उहाँहरुले वडा टोल तथा नगरबासीहरुको विश्वास नतोड्नेमा आफुहरु विश्वस्त रहेको स्थानीयबासीहरुले बताएका छन्।

  मलंगवा नपा वडा नं ३,४ र ६ मा पनि जसपाकै कब्जा भएको छ। जसपाबाट बिजयी हुनु भएका वडाअध्यक्षहरुलाई मधेश प्रदेश सरकारका सांसद एवं प्रदेश मामिला सभापति अशोक यादवले र जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीले उहाँहरुको निबासमै पुगेर बधाई दिनुभएको छ।

No comments:

Post a Comment