Friday, May 20, 2022

सलेमपुरमा पनि काँग्रेसको जित,वडाअध्यक्षमा दिनेश मास्टर

 


लोकतन्त्र समाचारदाता---

सर्लाही,जेठ ६

    स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सम्पन्न चुनावमा सर्लाहीको कबिलासी नगरपालिकाका वडा न-९ सलेमपुरका जनताहरुले राम दिनेश राय'मास्टर'लाई वडाअध्यक्षको पदमा जिताएका छन् ।उहाँ आफ्नो पुरै प्यानलका साथ जित्नु भएको छ।

    मास्टर उपनामले चिनिने नवनिर्वाचित वडाअध्यक्ष राय नेपाली काँग्रेसको चुनाव चिन्ह रुख छापबाट विजयी भएका हुन।

   यादव आफ्ना निकटतम प्रतिद्वन्द्वी जसपाका उमेदवारलाई पछिपार्दै ८४ मतको अन्तरले जित हासिल गरेका हुन । उहाँले ५९६ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी जसपाको मिथलेश यादवले ५१२  मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको  छ।

     समाजसेवा प्रतिको रुचि र विकास प्रतिको सकारात्मक भावनालाई देखेर नै कबिलासी नपा-९,सलेमपुरका जनताहरुले रायलाई  जिताएको नेपाली काँग्रेसका नेता एवं पुर्व सांसद जंगिलाल रायले बताउनुभयो। 

    नवनिर्वाचित वडाअध्यक्ष राय आफुलाई जिताउने जनता र सहयोग गर्ने सम्पुर्ण ब्यक्तिलाई हृदयदेखि धन्यवाद दिनुभएको छ।

   

No comments:

Post a Comment