Sunday, May 8, 2022

बाराका एक उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन दबाब

 



दिपेश कुमार साह

बारा,बैशाख २५

   बारा जिल्लाको एक पालिकाको उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन दवावहरु आउने गरेको छ।

    जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर २ को उम्मेदवार प्रतिमा देवि मुखियालाई यस्तो दवावहरु आउने गरेको हो।  स्थानीय तहको निर्वाचनमा जनमत पार्टीको वडा अध्यक्ष उम्मेदवार प्रतिमा देवीलाई उमेदवारी फिर्ता लिन दिनदिनै  धम्कीहरु आइ रहेको र  उनका पति  बिनाका मुखियालाई समेत झुठा आरोपमा फसाइको उनी निकटका ब्यक्तिहरुले बताएका  छ्न । 

  नेपाली काँग्रेस र लोसपा नेपाल  पार्टीको कार्यकर्ताहरुले बिनाका हाम्रो  "पार्टीमा  प्रवेश गर नत्र तेरो पतिलाई कुनै न कुनै मुद्दामा फसाउने"खालका धम्की आएको उमेदवार प्रतिमा देवीले गुनासो गरेकी छिन्। 

 उहाँको चारवटा छोरी र दुईवटा छोरा रहेका छन्।

No comments:

Post a Comment