Wednesday, May 18, 2022

सर्लाहीमा निर्वाचित उमेदवारहरुले निकाल्न थाले विजय जुलुस

 

मनोज यादव----

सर्लाही,जेठ ४

    सर्लाहीमा अहिले नवनिर्वाचित जनप्रतिनिधिहरुको विजयी जुलुस सुरु भएको ।मतगणना सुरु भएको भएको भोलीपल्ट देखिनै नतिजा सार्वजनिक भएर चुनाव जितेका उमेदवारहरु मतगणना स्थलबाटै बाजागाजाका साथ जुलुस निलाल्दै आएका छन् ।

   सुरुका दिनमा वडाअध्यक्षहरुले निकाल्दै आएको विजय जुलुस अहिले नगरपालिका तथा गाउँपालिका प्रमुखहरुले निकाल्न थालेका छन् ।

   अहिले दिनैपच्छे गाउँ,टोल, शहर तथा बजारहरुमा विभिन्न पार्टी तथा उमेदवारहरुको  तामझाम सहितको भब्य जुलुस देख्न पाइन्छ।यस्ता जुलुसमा महिला,पुरुष,वृद्धवृद्धा देखि बालबालिकाहरु समेत सहभागी हुने गरेका छन् ।

  त्यस्ता जुलुसमा सहभागी भएका पार्टीका कार्यकर्ता र समर्थकहरुले साइलेन्सर खोलेर गुडाएका मोटरसाइकल र डिजेको चर्को आवाजका कारण सर्वसाधारण जनताहरुलाई समस्या भइरहेको जान्दाजान्दै पनि उनीहरू यस्तो कार्य गरिरहेका छन् ।जुलुसमा सहभागी मानिसहरुको समूह र डिजे रथ,मोटरसाइकल,साइकल,जिप,तथा कारहरुको लावालस्करले सडकमा लामो जाम लाग्दै आएको छ।जामका कारण सुरक्षाकर्मीहरुलाई समेत ट्राफिक व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ।

   सर्लाहीका केही ठाउँमा निकालिएको विजयी जुलुसमा झडपको साथै दुर्घटना  समेत भइसकेका छन्। चुनाव जितेको खुसियालीमा विजयी उमेदवारले आफ्ना समर्थक तथा कार्यकर्ताहरुलाई रक्सी लगायत अन्य नसालु पदार्थ खुवाएर जुलुसमा सहभागी गराउँदा झडपहरु हुने गरेको बुद्धिजीवीहरु बताउँछन् ।

   

 


No comments:

Post a Comment